रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ?                
समाचार :

मृतक मजदुरको परिवारलाई सात लाख राहत प्रदान

बुटवल । ग्रील सम्बन्धी काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएका मजदुरको परिवारलाई ग्रील तथा स्टील ब्यावसायी संघ रुपन्देहीले सात लाख रुपैयां राहत प्रदान गरेको छ ।
बुटवल इन्जिनियरिङ वक्र्सका कामदार तिलक थारुको गत साउन ९ गते कामको सिलसिलामा कपिलवस्तुमा करेन्ट लागेर मृत्यु भएकोमा उनको परिवारले ७ लाख रुपैयां राहत पाएको हो ।
संघले एक कार्यक्रमबीच मृतक थारुकी श्रीमती निशाकुमारी थारुलाई ७ लाख रुपैयांको चेक दिएको हो ।
चेक पाएपछि निशाले दुखको बेला ठूलो राहत मिलेको बताइन् ।
संघले शुरु गरेको सामाजिक सुरक्षा अभियान अन्तर्गत निशाले राहत रकम पाएकी हुन् ।
संघका सदस्य व्यवसायी सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध भएमा उद्योगमा काम गर्ने कामदार मजदुरले स्वतः राहत पाउंछन् । मजदुरले कुनै शुल्क तिर्नुपर्दैन ।
सासु कार्यक्रम शुरु गरेका निवर्तमान अध्यक्ष तुलजी सारुले कामको सिलसिलामा घाइते भएकाको हकमा न्युनतम १० हजारदेखि ७५ हजारसम्म र मृत्यु भएमा ७ लाख रुपैयांसम्म राहत रकम दिने गरेको बताए ।
संघका अध्यक्ष मोहन भट्टराईले आफ्नो कार्यकालमा संघमा आवद्ध सबै व्यवसायीलाई सासु कार्यक्रममा आवद्ध गराई व्यवसायी र मजदुर दुबैलाई भवितब्य आइपर्दा राहत दिलाउने प्रयासमा रहेको बताए ।
सासु कार्यक्रममा आवद्ध हुन एक दिनको ६ रुपैया र नवीकरण गर्न एक दिनको ३ रुपैयां ंमात्रै लाग्छ’–भट्टराईले भने–‘यो कुनै ठूलो रकम होइन तर कतिपय व्यवसायीले यसको महत्व अझै बुझ्न सक्नुभएको छैन ।’
सासु कार्यक्रममा आवद्ध हुने व्यवसायीलाई संघले हेल्मेट,पन्जा लगायत दुई हजार भन्दा बढी मूल्य पर्ने सेफ्टी औजारहरु समेत दिने गरेको महासचिव ध्रुवमणि ज्ञवालीले बताए ।
संघले हालसम्म ५० जना भन्दा बढीलाई सासु कार्यक्रम अन्तर्गत उपचार खर्च र राहत दिएको उनले बताए । संघका संस्थापक अध्यक्ष अशोक वर्माले संघले शुरु गरेको सामाजिक सुरक्षा कार्यक्रम अरु व्यवसायिक संस्थाले पनि लागु गर्नुपर्ने अनुकरणीय रहेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित