रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

बुटवलको कस्तुरी मिष्ठान्न भण्डार र पाठक दुध डेरीले किसानको २४ लाख बढि रकम तिरेनन्

बुटवल । बुटवलको कस्तुरी मिष्ठान्न भण्डार र पाठक दुध डेरीले दुध खरिद गरेको किसानको रकम तिर्न आनाकानी गरेका छन् ।
रूपन्देहीको सैनामैना नगरपालिका साल्झण्डीस्थित सालझण्डी दूग्ध उत्पादक सहकारी संस्थालाई दुध बेचेका किसानहरु रकम नपाएपछि दुवै पसल अगाडि किसानले धर्ना दिएका छन् । ‘पटक पटक पैसाको माग गरेपनि कस्तुरी र पाठकले पैसा तिर्न आनाकानी गरेपछि धर्ना दिन बाध्य भएका हौ’ सहकारी संस्थाका अध्यक्ष तिलकराम घिमिरेले भने । उनका अनुसार कस्तूरी मिष्ठान्न भण्डार र पाठक दुध डेरीले कुल २५ लाख ३० हजार ४ सय रकम किसानको दिन बांकी छ । कस्तुरी मिष्ठान्न भण्डारले १३ लाख ७० हजार ४ सय र पाठक दुध डेरीले ११ लाख ६० हजार तिर्न बांकी रहेको उनले बताए । पटक पटक चेक दिने तर पैसा नभएको चेक दिएर किसानलाई झुक्काउंदै आएकाले अनिश्चितकालीन धर्नामा उन्रिनुपरेको उनको भनाई छ।

पाठक डेरीका सञ्चालक नेत्र पाठकले किसानहरूले आफूसँग गरेको सम्झौता उल्लंघन गरेपछि रकम भुक्तानी रोकेको बताउँछन ।

‘हामीले किसानको पैसा नर्तिने भनेको होइन’ पाठकले भने, ‘किसानले दूध पसलसम्म ल्याउने हामीबीच सहमति भएको थियो । सहकारीले बीच बाटोमै दुध छाडेर जान थालेपछि रोकेको हो । अब पैसा मैले तिरिदिए  किसानको दुध खरिद गरिँदैन ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित