दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

प्रकाश सपूतले सार्वजनिक गरे ‘सकम्बरी’ [भिडियो]

गायक प्रकाश सपूतले ‘सकम्बरी’ (फूलमाया) शीर्षकको गीत भिडियोसहित युट्युबमा सार्वजनिक गरेका छन् ।

बिहीवार दिउँसो सार्वजनिक यो उनको चार महिनापछिको अफिसियल गीत हो । ​

युट्युबमा सार्वजनिक गर्नुअघि उनले यो गीत गत मंगलवार डिस होमको एपमा सार्वजनिक गरेका थिए । गीतलाई लिएर मंगलवारबाटै सांगीतिक वृत्तमा एक खालको चर्चा सुरु भएको थियो ।

यो गीतमा प्रकाशकै शब्द, लय र स्वर छ । सुदिप सागरको संगीत संयोजन रहेको गीतमा बर्ता गन्धर्वको समेत स्वर छ ।

प्रकाशले आफ्नै कथा एवं निर्देशनमा तयार पारेको यसको भिडियोमा पनि उनी प्रस्तुत छन् । साथमा कुसुम शर्मा, सुनिल थापा, निक्स शर्मा, सरिता राजोपाध्याय, संजोग रसाईली, सरस्वती अधिकारी, सालिक भण्डारी लगायतलाई भिडियोमा हेर्न सकिन्छ ।

प्रकाशले चलन चल्तीका गीतभन्दा बाहिर रहेर अलग–अलग मुद्धालाई आफ्नो साङ्गीतिक खुराक बनाएर पेस गर्दै आइरहेका छन् । ‘सकम्बरी’मा पनि उनले नयाँ विषयवस्तु समेटेका हुन् ।

यसपटक उनले राम्रो कलाकार बन्ने सपना बोकेर गाउँबाट सहर छिरेकी एक युवतीको कथा भिडियोमा पेस गरेका छन् ।

भिडियो युट्युबमा सार्वजनिक गर्दै उनले समीक्षा गर्ने जिम्मा स्रोता दर्शकमा सुम्पिएका छन् । ‘फूलमायादेखि सकम्बरीसम्मको यात्राको समीक्षा गर्ने जिम्मा तपाईँको । उनि कति सही र कति गलत छिन् ? तपाई हाम्रो दृष्टिकोण कति सही छ र कति गलत छ ? त्यो विश्लेषण गर्ने जिम्मा पनि तपाईँको’ प्रकाश लेख्छन् – ‘हाम्रो सिर्जनात्मक प्रयासलाई सुझाव दिने, माया र हौसला दिने जिम्मा पनि तपाईँको । अब हाम्रो काम सकियो, सबै तपाईँको ।’

नवराज उप्रेतीको छायाँकन रहेको यसको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।

भिडियो :

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित