रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ?                
समाचार :

बुटवलको इडनमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण सहितको २ दिने कार्यक्रम सम्पन्न

बुटवल । इडन इङ्गलिस बोर्डिङ स्कूल बुटवल–११ नहरपुरले आफ्ना विद्यार्थीको नतिजा प्रकाशन तथा पुरस्कार वितरणसँगै २ दिने सम्मान कार्यक्रम सम्पन्न गरेको छ । शैक्षिक सत्र २०७९ मा उकृष्ट अंकल ल्याई उत्तिर्ण भएका कक्षा नर्शरीदेखि २ सम्मका विद्यार्थी र कक्षा ३ देखि ९ सम्मका विद्यार्थीलाई दुई दिने कार्यक्रमका बीच पुरस्कार वितरण गरेको हो ।

यसैबीच बुधबार कक्षा ३ देखि ९ सम्मका विद्यार्थीको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगर–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले बुटवल शैक्षिक हबको रुपमा विकसित भएको उल्लेख गरे । सिङ्गो बुटवललाई उत्कृष्ट र शैक्षिक गन्तव्यको पहिलो केन्द्र बनाउनका लागि यहाँका सामुदायिकसँगै नीजि शैक्षिक संस्थाहरुको भूमिका पनि महत्वपूर्ण रहने उल्लेख गरे । इडन स्कूलले पनि एउटा इटा थप्ने काम गरेको बताउँदै उनले व्यवहारिक तथा सामाजिक शिक्षालाई पनि जोड दिनुपर्ने उल्लेख गरे ।

१ हजार बढी विद्यार्थी रहेको इडन स्कुलले पहिलो दिन मँगलबार कक्षा नर्सरीदेखि २ कक्षासम्मका विद्यार्थीको नतिजा प्रकाशन गरेको थियो भने दोस्रोदेखि त्यसभन्दा माथिका विद्यार्थीको नतिजा प्रकाशन गरेको हो । विद्यालयले नयाँ शैक्षिक सत्र २०८० का लागि विद्यार्थी भर्ना अभियान समेत सञ्चालन गरेको विद्यालयका प्राचार्य शिवहरी भट्टराईले जानकारी दिए । शैक्षिक गतिविधिसँगै विभिन्न खेलकूद गतिविधिहरुमा समेत इडनले उत्कृष्ट नतिजाहरु प्राप्त गर्दै आएको उनको दाबी छ । कार्यक्रममा उपस्थित अभिभावक, विद्यार्थी, अतिथी लगायतलाई स्वागत गर्दै विद्यालयका उप–प्राचार्य जगत पौडेलले बालबालिकालाई खेल्दै सिक्दैको वातावरण इडनले उपलब्ध गराएको दाबी गरे । पाठ्यक्रम बाहेक व्यवहारिक र सामाजिक ज्ञान सीप प्रदान गरेर समाजका लागि उदाहरणीय र सक्षम नागरिक निर्माण विद्यालयको मुख्य उद्देश्य रहेको उनले बताए ।

विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख शिक्षक कुशल बस्यालको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न खेल गतिविधिमा सहभागई भई उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित