निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

रोटरी क्लव अफ बुटवल चौतारी र चौराह अस्पताल बीच सम्झौता

रोटरी क्लव अफ बुटवल चौतारीका सदस्यहरु दुर्घटनामा परि घाईते भएमा बुटवलमा रहेको चौराह अस्पतालबाट विशेष छुटमा उपचार सेवा पाउने भएका छन् ।
सवारी साधन दुर्घटना भई अथवा कुनै कारणले घाइते भएका विरामीहरुको प्रभावकारी औषधि उपचार गर्ने हेतुले बुटवल नगरपालिका वडा नं. ११ मा चौराह हस्पिटल प्रा.लि. र रोटरी क्लव अफ बुटवल चौतारी बीच सहमती भए संगै विरामीले उपचार सेवामा विशेष छुट पाउने भएका हुन ।
‘यो सम्झौताले हाम्रा सदस्यहरुले राम्रो र शुलभ मुल्यमा उपचार पाउनेछन् । देख्दा सामान्य लागेपनि यसबाट धेरैले लाभ लिने निश्चित छ’ रोटरी क्लव अफ बुटवल चौतारीका अध्यक्ष सन्तोष केसीले भने ।


कुनै सदस्यहरुको सवारी साधन दुर्घटना भई अथवा कुनै कारणले घाइते भएमा उपचारका लागि क्लवले सिफारिस गरेको अवस्थामा अस्पतालले सम्पूर्ण खर्चको जिम्मेवारी लिने गरी अस्पताल संग सम्झौता भएको क्लवका अध्यक्ष सन्तोष केसीले बताए । साथै उनले उपचारार्थ आउनु विरामीहरुको लागि नियमित शुल्कमा पनि छुट प्रदान गरिने सम्झौता भएको बताए ।
अस्पतालका जनसम्पर्क तथा सुचना अधिकृत जनक कुंवरले बेड चार्ज, सम्पुर्ण परिक्षण, अप्रेसन चार्जमा १० प्रतिशत र औषधीमा ५ प्रतिशत छुट दिने गरी क्लव संग सम्झौता भएको बताए ।

सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा अस्पताल का म्यानेजिङ डाईरेकटर बिरु भण्डारीले रोटरी कलब अफ बुटवल चौतारी संग सम्बन्ध स्थापित गर्नु आफ्ना लागि पनि उपलब्धी भएको बताए ।
कार्यक्रममा क्लब का अध्यक्ष सन्तोष के।सी को अध्यक्षता, सुदिप थापाको संचालन र दिनेश मणि सुवेदी को स्वागतमा भएको थियो । कार्यक्रममा बिष्णु घिमिरे ,थानेस्वर पान्डे लगायतले आफनो भनाई राखेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित