बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका                
समाचार :

बुटवलदेखि नुवाकोट सम्म चल्ने केवलकारको ८० प्रतिशत काम पूरा, दुई महिना भित्र सञ्चालन हुने

बुटवलको देउरालीदेखि पाल्पाको नुवाकोट गढीसम्म केवलकार सञ्चालनको अन्तिम तयारी छ । सिद्धार्थ केवलकार कम्पनी द्वारा सञ्चालनमा आउन थालेको केवलकारको ८० प्रतिशत काम सम्पन्न भएको सञ्चालक माधव नेपालले बताए ।
‘८० प्रतिशत काम सम्पन्न भएको छ । आगामी दुई महिना भित्र सञ्चालन गर्ने गरी काम भएको छ’ उनले भने ।

यस केबलकारको निर्माणपछि प्रत्यक्ष रुपमा ६० जना र अप्रत्यक्ष रुपमा १ सय ५० जनाभन्दा बढीले रोजगारी प्राप्त गर्ने कम्पनीको दावी छ ।

यो केवलकारमा ९० वटा डिब्बा राख्ने कम्पनीको योजना छ । ५० जना पर्यटन व्यवसायीहरु आवद्ध सिद्धार्थ केवलकार प्रा=लिले निर्माणमा लगानी गरेका छन् ।


करिब २ किमी लामो बुटवल–नुवाकोट केवुलकार सञ्चालनका लागि करिब ७५ करोडको लगानीमा निर्माणको काम हुन लागेको हो । ५० जना पर्यटन व्यवसायीहरु आवद्ध सिद्धार्थ केवलकार प्रा.लि.ले निर्माणको जिम्मा पाएको हो ।

मनोरम हिमश्रींखलाका साथै तराईका फाँट र भैरहवासम्मका दृष्य देख्न सकिने नुवाकोट गढीसम्म पुग्नका लागि केवुलकार विस्तार हुने भएपछि पर्यटकलाई सहज हुने भएको छ । २२/२४ से राज्यका बेला राजा मणिमुकुन्द सेनको गृष्मकालिन दरबार, तोपहान क्षेत्र, खरखजनाघर, रानीकुवा समेत रहेको नुवाकोट सम्म पुग्न केवलकार सञ्चालनसँगै यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने व्यवसायीहरुले विश्वास व्यक्त गरेका छन् ।

रुपन्देहीको बेलबास शान्तिचोकबाट ११ किलोमिटर दुरीमा रहेको नुवाकोटहुँदै दोभान जोड्ने सडक बनेपछि सहज बनेको नुवाकोट यात्रा केवुलकारले थप सहज बनाउने भएको छ । ऐतिहासिक स्थल मणिमुकुन्द सेन उद्धानबाट २ घण्टाको पैदल यात्रा गरी जान सकिने नुवाकोटलाई रुपन्देहीको ऐतिहासिक स्थल जीतगढी किल्लासँग जोडेर विकास गर्ने सरकारको लक्ष्य रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित