बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल ‘हायात प्यालेस’ श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु                
समाचार :

सामुदायिक स्कूलको हर्कत : शुल्क तिर्न नसकेपछि प्रवेशपत्र रोकियो, आमाले राखिन् गहना धरौटी

बाँकेको एक सामुदायिक विद्यालयमा पढ्ने छात्रले शुल्क तिर्न नसकेपछि आमाले आफूले लगाउँदै आएका गहना धरौटी राखेर छोराको प्रवेशपत्र दिलाएकी छिन् ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ बस्ने कस्तुरी बुढाले छोरा पृथ्वीको शुक्रवारदेखि शुरू भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागिता सुनिश्चित गर्नका लागि गहना धरौटीमा राखेकी हुन् ।

बाँकेको बैजनाथ गाउँपालिका– ४ तिलकपुरस्थित समावेशी माध्यमिक विद्यालयले परीक्षाका लागि प्रवेशपत्र नदिएपछि कोहलपुर– २ बस्ने कस्तुरी बुढाले नजिकैको सुन पसलमा गहना धरौटीमा राखेर कम ल्याएकी थिइन् ।

‘विद्यालयले पैसा तिर्न भन्यो । पैसा खोजें, कहीँ पाइएन । स्कूलले प्रवेशपत्र दिएन । एकपटक ५ हजार, अर्कोपटक ६ हजार, फेरि १ हजार र ५ सय गरी १२ हजार ५०० फी बुझाएपछि बल्ल पत्र दिया हुन्,’ उनले भनिन् ।

जाजरकोट स्थायी घर भएकी बुढाको परिवार ७ वर्ष अघिसम्म कपिलवस्तुको गोरुसिंगेमा बस्दै आएको थियो । कोहलपुर आएपछि पृथ्वी उक्त विद्यालयमा कक्षा ३ मा भर्ना भएका थिए । बुढा परिवारको आर्थिक अवस्था कमजोर छ ।

बैजनाथ गाउँपालिकाका शिक्षा शाखा प्रमुख विश्वराज ढकालले आफूले पनि सामाजिक सञ्जालबाट घटनाबारे थाहा पाएको बताए । यस विषयमा उक्त विद्यालयका प्रधानाध्यापकलाई बोलाएर वास्तविक कुरा बुझ्ने उनको भनाइ छ ।

‘विद्यालयले साँच्चै यस्तो गरेको रहेछ भने गलत गर्‍यो,’ ढकालले भने, ‘प्रअलाई फोन गरेर पालिकामा बोलाएका छौं ।’

पृथ्वी कस्तुरीका कान्छा छोरा हुन् । जेठा नबिन पनि कक्षा १० मा नै पढ्छन् । तर, उनी बिरामी भएकाले परीक्षा दिन सकेनन् ।

‘ठूलो बाबु बिरामी छ, उसले परीक्षा दिन सकेन,’ कस्तुरीले भनिन् ।

‘गाउँमा मान्छे बिते,’ उनले थपिन्, ‘मान्छे बितेपछि गाउँमा खसी काट्ने कुरा भएन । त्यसो नहुँदा मैले पालेको खसी बिक्री भएन । अनि छोराको परीक्षा नरोक्न तिलहरी नै धितोमा राखें ।’

उनका श्रीमान् रोजगारीका लागि भारतमा छन् । गएको एक हप्तामा उनले उतैबाट ऋण खोजेर २० हजार रुपैयाँ घर पठाए ।

उक्त रकम जेठो छोरा नविनको उपचारमा खर्च भएको कस्तुरी बताउँछिन् । नविनको हात, खुट्टा र आँखामा समस्या छ । साथै मानसिक रूपमा समेत समस्या देखिएको छ ।

तर, विद्यालयका प्रधानाध्यापक चुडामणि पोखरेल भने परीक्षाको मुखमा पृथ्वीको प्रवेश पत्र रोकेको भन्ने आरोप खण्डन गर्छन् ।

‘उहाँहरूले विद्यालयमा तिर्नुपर्ने शुल्क नै बाँकी छैन,’ प्रअ पोखरेलले लोकान्तरसँग भने, ‘रजिस्ट्रेसन लगायतका सबै शुल्क फागुनमै तिर्नुभएको हो । पुरानो बिल राखेर विद्यालय र मलाई गलत देखाउने गरी हल्ला गरिएको छ ।’

विद्यालयमा ५ सय ५० विद्यार्थीहरू अध्ययनरत छन् । विद्यालयले शुल्क नभनी विद्यार्थीबाट मासिक सहयोगका नाममा रकम लिने गरेको छ । लोकान्तर बाट

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित