रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

झारफुकपछि मृत्यु प्रकरणः गाउँ भयो सुनसान, प्रहरीले सक्यो अनुसन्धान

बुटवल : रङ नलगाइएका भित्ता। जस्ताले छाएको घर। सडक किनारमै तर सुनसान।

रुपन्देहीको सैनमैना–१०, झिमझिमेकीका ताराप्रसाद र लीला ज्ञवालीको घर हो यो। १४ वर्षीया कान्छी छोरी सीताको झारफुकबाट उपचार गर्दा मृत्यु भएपछि घरमा सन्नाटा छाएको छ।

तीन छोरी र एक छोरासहितको ज्ञवाली परिवारमा दुई छोरीको विवाह भइसक्यो। कान्छीको झारफुकले ज्यान लियो।

अनुसन्धानका लागि भन्दै प्रहरीले आमा र बुवालाई पक्रेको छ। भाइको हेरचाहका लागि अहिले विवाहित दिदी देवी भण्डारीले घरमा आएर बसेकी छन्।

बालिकको मृत्युपछि प्रहरीले आमा र मामासहित १८ जनालाई अनुसन्धानको लागि पक्राउ गरेको छ।

गत फागुन २० गते राती झारफुक गर्ने नाममा दिइएको चरम यातनापछि सीताको मृत्यु भएको थियो।

सैनामैना १० बेमटेनी टोलकी सोनिया रेश्मीले झारफुक गर्ने भन्दै चरम यातना दिएको भिडियो फागुन २१ गते सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानको क्रममा सीताको २० गते राती मृत्यु भएको र सोहि राती नै कपिलवस्तुको लक्ष्मणघाटमा दाहासंस्कार गरेको पाइएको थियो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा पेश गरेको जानकारी दिए। अब कानूनअनुसार अदालतमा मुद्दा दर्ता गराएर बहस हुने बताए।

‘घटनाको आज २२ दिन भयो, हामीले सबै अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयलाई फाइल बुझाएका छौं,’ उनले भने, ‘२/३ दिनमा अदालत पेश भएपछि निचोड आउँछ।’

विषय गम्भीर भएकाले घर–परिवार, आफन्त, नातागोता, छिमेकी सबैलाई दायरामा ल्याएर शुक्ष्म अनुसन्धान गरिएको उनले बताए।

‘फागुन २६ गते झारफुकको क्रममा प्रत्यक्षदर्शी बनेका र दाहसंस्कारमा सहभागी भएका गरि १७ जनालाई पक्राउ गरी अनुसन्धान गरेका थियौँ,’ उनले भने, ‘पछि २९ फागुनमा मृतक बालिकाकी आमा लिला ज्ञवालीलाई पनि पक्राउ गरी अनुसन्धान कार्य अघि बढाएका हौंँ।’

सीताको मृत्यु भएपछि मामा ईश्वरीप्रसाद पोखरेलसहितले शवलाई राति नै कपिलवस्तुको लक्ष्मण घाटमा लगेर दाहसंस्कार गरेका थिए।

सैनमैना–१० का ताराप्रसाद ज्ञवाली र लीला ज्ञवालीकी कान्छी छोरी थिइन् मृतक सीता। ज्ञवालीका ३ छोरी र १ छोरा छन्। २ छोरीको विवाह भइसकेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित