रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउन उच्च अदालतको आदेश स्क्रबटाइफसबाट पाल्पामा एक बालिकाको मृत्यु सिमलटारी–सौतामारे–मच्छी सडक निर्माणमा ढिलाइ भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल                
समाचार :

इन्द्रेणीको स्थापना दिवसमा सहकारी शिक्षा तालिम

बुटवल। बुटवल सुख्खानगरमा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाउने भएको छ ।
संस्थाले आफ्नो २८ औ स्थापना दिवसको अवसरमा सहकारीका सदस्यहरुलाई चरणवद्ध आधारभुत सहकारी शिक्षा तथा बित्तीय साक्षरता तालिम, रक्तदान लगायतका विभिन्न रचनात्मक कार्यक्रम गर्ने भएको हो ।
इन्द्रेणीले सोमबार पहिलो चरणमा झन्डै चार दर्जन सदस्यहरुलाई आधारभुत सहकारी शिक्षा तथा बित्तीय साक्षरता तालिम दिएको छ भने अन्य सदस्यहरुका लागि अर्को तालिम मंगलवारपनि जारी रहने संस्थाका सचिव माया गौतमले जानकारी दिईन। सचिव गौतमका अनुसार सोमबार र मंगलवार सहकारी शिक्षा तालिम, शुक्रबार रक्तदान र स्थापना दिवस कार्यक्रम संस्थाले गर्ने छ ।
इन्द्रेणीका अध्यक्ष धुर्वकुमार धितालको अध्यक्षता र संरक्षक भुपाल कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सस्थाका उपाध्यक्ष कृष्णप्रसाद अर्याल, लेखा सुपरिवेक्षण संयोजक मोहनप्रसाद भण्डारी, ब्यवस्थापक बाबुराम अर्यालले सहकारी शिक्षा, सहकारीका सिद्धान्त, मुल्य र मान्यता लगायतका बिषयमा सहजीकरण गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित