रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

यस कारण उपभोक्ता माझ लोकप्रिय छ हाइलाइफ

व्यावसायिक उत्पादन सुरु गरेको छोटो समयमा उपभोक्ता माझ लोकप्रिय बन्न सफल रुपन्देहीको तिलोत्तमामा रहेको हाइलाइफले आफ्ना खुद्रा व्यापारीका लागि बम्पर उपहार अन्तर्गत हाइलाइफ लक्की ड्र योजना सार्वजनिक गरेको छ । जसमा हाइलाइफका चिउरा बिक्री गर्ने खुद्रा तथा होलसेल व्यापारीहरूले स्कुटर, बाइक र ल्यापटपदेखि हात खाली नजाने उपहार जित्न सक्नेछन् ।

हाइलाइफ ब्राण्डका विभिन्न साइजका चिउरा खरिद गर्दा प्रथम पुरस्कार स्वरुप २ जना ग्राहकले १५० सिसी क्षमताको पल्सर बाइक जित्न सक्नेछन् । दोस्रो उपहार स्वरुप २ जना भाग्यशाली विजेताले होण्डा स्कुटर जित्न सक्नेछन् । तेस्रो उपहार स्वरुप २ जना भाग्यशाली विजेताले १ टन क्षमता भएको एलजी एसी जित्न सक्नेछन् । चौथो उपहार स्वरुप २ जना भाग्यशाली विजेताले २५३ लिटरको सामसुङ ब्राण्डको फ्रिज र पाँचौ उपहार स्वरुप ३ जना भाग्यशाली विजेताले लेनोभो ब्राण्डको ल्यापटप र सान्त्वना उपहार स्वरुप १० जना भाग्यशाली विजेताले अन्य थुप्रै हाइलाइफको सामनहरु प्राप्त गर्ने सक्नेछन् ।

योजना अन्तर्गत हाइलाइफ कुरुम कुरुम चिउराको प्रत्येक कार्टुनको खरिदमा एक केजीमा ३ वटा लक्की ड्र कुपन पाउनेछन् । साथै ७०० ग्रामको कार्टुन खरिदमा २ वटा लक्की ड्र कुपन र ४५० ग्रामको कार्टुन खरिदमा एउटा लक्की ड्र कुपन प्राप्त गर्नेछन् । हात खाली नजाने गरी यसरी जम्मा भएका २५ वटा कुपन बराबर ग्राहकले नगद रु ५०० प्राप्त गर्न सक्नेछन् ।

यो योजना २०७९ फागुन १५ गतेदेखि २०८० असार १५ गतेसम्म लागू हुनेछ । योजनामा भाग लिनका लागि कुपनमा दिएको विवरण भरी उक्त कुपनको फोटो सोही अवधिभित्र हाइलाइफको आधिकारिक भाइवर वा ह्वाट्सएप नम्बर ९८०२३०२१८६ मा पठाउनुका साथै सक्कल कुपन सुरक्षित राख्नुपर्नेछ । यो योजना तोकिएको मितिपछि लागू हुने छैन । लक्की ड्रको नतिजा २०८० साउन २० गते शनिबार हाइलाइफ फुड्सको आधिकारिक फेसबुक पेज @hilifefoodsnepalमा प्रत्यक्ष रुपमा खोलिनुका साथै विजेताको नाम घोषणा गरिनेछ ।

हाइलाइफ ब्राण्ड अन्तर्गत उत्पादित कर्नफ्लेक्स, चिउरा, ओट्स, जाम, सोयाबिन, बेसन, केचप, पास्ता, पापड लगायतका विभिन्न प्रोडक्टहरु उपभोक्ता माझ लोकप्रिय छन् । हाइलाइफ चीजबल्स तथा विभिन्न स्वादमा बेक्ड इस्न्याक्सहरू पनि चाडै बजारमा आउँदैछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित