५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video) संसदीय राजनीतिमा रामकुमारी झाँक्रीको पुनरागमन तिनाउमा खाना महोत्सव                
समाचार :

बुटवलमा मनाईयो विश्व मृगौला दिवस, २२ तस्वीरमा हेर्नुहोस् !

स्वस्थ मृगौला सबैका लागि सबै ठाउंमा, जनचेतना बढाऔं मृगौला रोग लाग्नबाट बचौं र बचाऔं भन्ने नाराका साथ विहिबार विश्व मृगौला दिवस मनाईएको छ ।
दिवसको अवसरमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको अगुवाईमा जनचेतनामुलक ¥यालीको आयोजना गरेर विश्व मृगौला दिवस मनाईएको हो ।
¥यालीमा रुपन्देहीमा रहेका रोटरी क्लब, रोट्¥याक्ट क्लब, रुपन्देही उद्योग संघ लगायतका संघसंस्थाहरुको उपस्थिती रहेको थियो । ¥यालीमा सहभागिहरुले दिनमा कम्तिमा १० हजार पाइला हिड्ने गरौं, स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो, नियमित व्यायाम गर्ने बानिको विकास गरौं, खानामा नुनको मात्र कम गरौं, मध्यपान जहरपान जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
बुटवलको योगिकुटीबाट सुरु गरिएको जनचेतनामुलक ¥याली रामनगरस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पताल परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो । कोण सभामा अस्पतालका अध्यक्ष एजाज आलमले खानपिन र आनीबानीमा सुधार गर्न सके मृगौला रोगबाट बच्न सकिने भन्दै समाजलाई मृगौला रोगबारे सचेतना जगाउन ¥यालीको आयोजना गरेको बताए । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्यालले खानपान र व्यायाममा सन्तुलिन कायम गर्न सके मृगौलालाई स्वस्थ राख्न सकिने बताईन ।
कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, रोटरी क्लव अफ बुटवल साउथका अध्यक्ष टंक अधिकारी लगाएतले बोल्दै मृगौला रोगको सिघ्र पहिचान तथा र त्यसको समयमै निदान नै मृगौला स्वस्थ्य राख्ने मुख्य उपाय भएको बताएका थिए । कार्यक्रम गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका अध्यक्ष एजाज आलमको अध्यक्षता तथा संस्थाका सह सचिव बावुराम बोहोराको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित