दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

तानसेन र अर्घाखाँची सिमेन्टले गरे ७ महिनामा १६ करोड बढिको सिमेन्ट र क्लिंकर निर्यात

पछिल्लो सात महिनामा तानसेन र अर्घाखाँची सिमेन्टले १६ करोड बढिको सिमेन्ट र क्लिंकर निर्यात गरेका छन् । सरकारले निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने घोषणा गरेपछि यी सिमेन्ट उद्योगले आफ्ना उत्पादन भारततर्फ निर्यात गरेका हुन । तानसेन र अर्घाखाँची ब्रान्डका सिमेन्टले सीमावर्ती भारतीय बजारमा बिक्री सुरु गरेपनि हाल सिमेन्टको निर्यात भने अपेक्षित रूपमा बढ्न सकेको देखिँदैन ।

भन्सार विभागका अनुसार पछिल्ला सात महिनामा नेपालबाट १६ करोड बढिको सिमेन्ट तथा क्लिंकर निर्यात भएको छ । जस मध्ये सिमेन्ट मात्र ६ करोड ६ लाखको निर्यात भएको छ । त्यसैगरी क्लिंकर भने १० करोड ६४ लाखको निर्यात भएको भन्सार विभागको तथ्याङक छन् । यी दुवै उद्योग लुम्बिनी प्रदेशमा छन् ।

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत सिमेन्ट, छडलगायत ठूला औद्योगिक उत्पादनको निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने घोषणा गरेपछि उद्योगीहरू उत्साही भएका थिए । सरकारले घोषणा गरेका सुविधा दिँदै थप सहयोग गरेमा नेपालबाट वार्षिक एक खर्ब ५० अर्बको सिमेन्ट निर्यात हुने सम्भावना रहेको भन्दै नेपाल सिमेन्ट उत्पादक संघले सार्वजनिक विज्ञप्ति जारी गरेको थियो । सरकारले घोषणाअनुसार अनुदान दिने कार्यविधि ल्याए पनि सिमेन्ट निर्यात भने अपेक्षित रूपमा बढ्न सकेको देखिँदैन ।

संघका अध्यक्ष ध्रुव थापाले भर्खरै सुरुवात भएकाले सिमेन्ट निर्यातको परिमाण र मूल्य थोरै देखिएको बताए । निर्यातलाई क्रमशः बढाउँदै लगिनेसमेत उनले बताए । अहिले सिमेन्ट उद्योगहरूले भारतीय गुणस्तर चिह्न लिने, बजार खोज्ने, आयातकर्ता (भारतीय पार्टर) खोज्नेलगायत काम भइरहेको उनले बताए ।
अर्घाखाँची सिमेन्टका सञ्चालक राजेश अग्रवालले सिमेन्ट निर्यात सानो आकारमा भए पनि बढ्दो क्रममा रहेको बताए । अहिले पनि अर्घाखाँचीको मात्रै दैनिक तीन–चार हजार बोरा सिमेन्ट निर्यात भइरहेको उनले जानकारी दिए ।

आरएमसी ग्रुपले सञ्चालन गरेको पाल्पा सिमेन्ट उद्योगले २४ असारदेखि उत्पादन भारत निर्यात गर्न सुरु गरेको थियो ।
यो उद्योगले तानसेन सिमेन्ट रूपन्देहीको नाका सुनौली बजारदेखि गोरखपुरसम्म हाल १३ वटा डिलरमार्फत बिक्री सुरु गरेको छ ।

त्यस्तै, मुरारका अर्गनाइजेसन लगायतको लगानी रहेको अर्घाखाँची सिमेन्टले ३० असोजदेखि निर्यात सुरु गरेको थियो । अर्घाखाँचीले भारतको आनन्दनगर र नौतनवामा सिमेन्ट निर्यात गरेको हो । तानसेन र अर्घाखाँचीबाहेक अन्य सिमेन्ट उद्योगले निर्यात सुरु गरेका छैनन् । अन्य उद्योगले पनि भारतीय गुणस्तर चिह्न लिने प्रयास गरिरहेको र प्राप्त भएलगत्तै निर्यात सुरु गर्ने अध्यक्ष थापाले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित