भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

आर्थिक मन्दीका कारण घरबेटीले घटाउन थाले बुटवलमा घरभाडा

बुटवल । रुपन्देहीको बुटवलमा होटल तथा पर्यटन व्यवसाय सञ्चालन भएका घरधनीहरुले भाडा घटाउन शुरु गरेका छन् । कोराना संक्रमणले समस्यामा परेका पर्यटन व्यवसायी आर्थिक मन्दीका कारण थप समस्यामा परेका थिए ।
समस्यामा परेपछि होटल तथा पर्यटन व्यवसायीले घरभाडा महंगो भएको भन्दै घरभाडा घटाउन माग गरेका थिए । पर्यटन व्यवसायीले घरघाडा छुट तथा घटाउन गरेको मागलाई बुटवलका केही घरधनीहरुले सम्बोधन गरेका छन् ।
बुटवलको ट्राफिकचोक होटल डि लाइट, देउराली होटल सनराइज होटल लगायत दर्जन बढी होटल सञ्चालन भैरहेका घरका घरधनीहरुले भाडा घटाईदिएपछि व्यवसायी खुशी भएका छन् ।
महङो घरभाडा तिर्न र बैंकको व्याजसमेत चलाउनसमेत नसकेका बुटवलका घरधनीहरुले ३० प्रतिशत भाडा घटाईदिएपछि पर्यटन व्यवसायी खुशी भएका हुन् ।
बैंकहरुले व्यवसायीको मर्म नबुझेपनि आर्थिक समस्यामा परेर व्यवसायबाट विस्थापित हुन लागेका व्यवसायीका समस्यमा घरधनीहरुले बुझेको भन्दै होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका पूर्व अध्यक्ष समुन्द्र जीसीले धन्यबाद दिए ।
महङो भाडा तिर्न नसकेको अवस्थामा असल घरधनीहरुले भाडामा छुट दिएपछि पर्यटन व्यवसायी उत्साहित बनेको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले बताए ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका पूर्व अध्यष समुन्द्र जीसीका अनुसार रुपन्देहीको बुटवलमा ठूला, साना गरी सञ्चालित करिव १ हजार होटलमा ३ अर्व बढीको लगानी छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित