दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

बौद्ध विश्वविद्यालयका औपचारिक सभासमारोहमा बुद्ध बन्दना र बुद्ध मूर्ति अनिवार्य

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालय अन्तर्गत हुने औपचारिक सभा समारोह तथा बैठकहरुमा बुद्ध बन्दना र बुद्धमूर्ति अनिवार्य हुनुपर्ने निर्णय गरेको छ ।
विश्वविद्यालयको कार्यकारी परिषद्को बुधबार बसेको बैठकले बुद्ध बन्दना र बुद्धमूर्तिलाई अनिवार्य गरेको हो । बौद्ध विश्वविद्यालय स्थापनाको उद्देश्य अनुरुप बौद्ध दर्शन, संस्कृति, कलाको संरक्षण तथा प्रवद्र्धनका लागि सभासमारोहमा बुद्ध बचनको प्रार्थना र बुद्ध मूर्ति अनिवार्य गरेको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिष्ट्रार डा. तिलकराम आचार्यको अध्यक्षतामा बसेको कार्यकारी परिषद्को बैठकले विश्वविद्यालयका सम्पूर्ण निकाय तथा विश्वविद्यालयसंगको सहकार्य वा सहयोगमा हुने जुनसुकै औपचारिक सभा, समारोह, बैठकहरुमा बुद्ध बन्दना वाचन अनिवार्य गरिएको हो । सभासमारोह स्थलको अग्रभागमा बुद्धमूर्ति अनिवार्य राखिने निर्णय समेत विश्वविद्यालयको गरेको छ । बौद्ध विश्वविद्यालय कार्यालय परिसरलाई पञ्चशीलयुुक्त राख्ने नीति अबलम्बन गरेको छ ।
बुद्ध र उनका सन्देशको प्रवर्द्धन मूलुकको पर्यटन र समृद्धिसंग समेत जोडिएकाले लुम्बिनी आसपासमा हुने अन्य निकायहरुमा पनि बुद्ध बन्दना र बुद्ध मूर्तिलाई अनिवार्य बनाउन विश्वविद्यालयले आह्वान समेत गरेको छ।
बौद्ध विश्वविद्यालयमा हाल बौद्ध दर्शनमा रहेर स्नातक तथा स्नातकोत्तर तहका कक्षाहरु सञ्चालनमा रहेका छन् । स्नातकोत्तर तहमा बौद्ध दर्शन, आर्काेलोजी एण्ड आर्काेलोजिकल साइट्, म्युजोलोजी लगायतका कार्यक्रम सञ्चालनमा रहेका छन् । स्नातक तहमा भोद्ध बौद्ध अध्ययन केन्द्रीय क्याम्पसमा चलिरहेको छ । त्यस्तै व्यवसायिक विषयतर्फ स्नातकोत्तरमा एग्रो फोरेष्ट्री, डेभलपमेन्ट स्टडिज, इन्भारोमेन्ट साइन्स तथा स्नातक तहमा बीएएलएलबी, बिटिटिएम, बीएआरडी लगायतका कार्यक्रम सञ्चालनमा छन् ।
विश्वविद्यालयको केन्द्रीय क्याम्पस लुम्बिनी, बुटवल सिटी क्याम्पस तथा देवदहमा स्कुल अन्तर्गत शैक्षिक कार्यक्रम चलिरहेको जनाइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित