३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

व्याट्री आयात प्रतिस्थापन गर्न आवास ग्रुपको नेपालमै व्याट्री उत्पादन सुरु

नेपालमा नै हेलमेट तथा मोटरसाइकलको लेगगार्ड उत्पादन गर्दै आएको आवास ग्रुपले सबै प्रकारका सवारीसाधनमा प्रयोग हुने व्याट्री उत्पादनसमेत सुरु गरेको छ । ग्रुपले नयाँ उत्पादनकारुपमा दुई पाङ्ग्रे, तीनपाङग्रे ई-रिक्सा, कार, बस, ट्रक, ट्रयाक्टर, इन्भटर र सोलारमा प्रयोग हुने व्याट्रीहरु उत्पादन सुरु गरेको हो ।

नेपालमा सवारीसाधन लक्षित उद्योगहरु खुल्न थालेको समयमा आवास ग्रुपले पनि सवारीसाधन लक्षित व्याट्री उत्पादन शुरु गरेको ग्रुपले जनाएको छ । कम्पनीले आयात प्रतिस्थापन गर्न सक्नेगरी उत्पादन गर्न लागेको जनाउँदै बजारको माग धान्न सक्नेगरी उत्पादन गर्न लागेको आवास ग्रुपका प्रबन्ध निर्देशक महेश थैवले जानकारी दिए ।

बजारमा ड्राई व्याट्रीहरु धेरै देखिन्छ तर, ड्राई व्याट्रीको तुलनामा जेल व्याट्री गुणस्तरीय र भरपर्दो हुने थैवको दावी छ । कम्पनीले नयाँ प्रविधिमा आधारित जेल तथा लिड एसिड व्याट्रीको उत्पादन गर्न सम्पूर्ण तयारी पुरा गरेको छ, अबको केही दिनमा नै बजारमा स्वदेशमै बनेको गुणस्तरिय व्याट्रीको उत्पादन उपलब्ध हुनेछ’, निर्देशक थैवले भने ।

थैवका अनुसार कम्पनीले ‘मिकासा र ओक्साइड ब्राण्ड’ को नाममा व्याट्री ल्याउन लागेको हो । मिकासा ब्राण्डका व्याट्री दुई पाङ्ग्रेको लागि र ओक्साइ ब्राण्डका व्याट्री तीनपाङ्ग्रे तथा अन्य साधनहरुमा प्रयोग हुनेछ ।

दुई पाङ्ग्रेमा प्रयोग हुने तथा इलेक्ट्रीक रिक्सामा प्रयोग हुने व्याट्रीमा दुई वर्षको वारेन्टी रहने छ । अन्यमा प्रयोग हुने व्याट्रीमा तीन वर्षको वारेन्टी उपलब्ध हुनेछ । यी व्याट्रीहरु मेन्टिनेन्स फ्रि रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले निकट भविष्यमा नै इलेक्ट्रीक स्कुटरहरुमा प्रयोग हुने लिड एसिड व्याट्री उत्पादनको काम सुरु गर्नेसमेत जानकारी दिएको छ । कम्पनीले त्यसका लागि अध्ययन गरेर काम सुरुगर्ने र लिथियम आयन व्याट्री निर्माणको लागि अध्ययन गरिरहेको जनाएको छ ।

कम्पनीले नेपाली बजारमा ग्लोबल सर्टिफाइड हेलमेट तथा लेगगार्ड बिक्री गरिरहेको छ । यति ब्राण्डका उच्चस्तरीय हेलमेट तथा मयुर ब्राण्डका लेगगार्डहरु कम्पनीले उत्पादन र बिक्री गर्दै आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित