भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

महायज्ञमा एउटै परिवारवाट ३० लाख सहयोग

 गुल्मीको मुसिकोट नगरपालिका ९ अर्लाङ्कोट स्थीत ज्ञानज्योति आधारभूत विद्यालयले सञ्चालन गरेको ज्ञान महायज्ञमा एउटै परिवारले तीस लाख रुपैंया सहयोग गरेको छ । अर्लाङ्कोट निवासी बलीभद्र सापकोटाको परिवारले विद्यालयलयको लागि महायज्ञको अवशरमा उक्त रकम सहयोग गरेका हुन ।

उक्त रकम महायज्ञ सञ्चालन भएको दोश्रो दिनसम्मको सबै भन्दा ठूलो राशीको सहयोग रहेको मुल समारोह समिति सचिबालय सदस्य रामकृष्ण कँडेलले बताएका छन ।

त्यसैगरि अर्लाङ्कोटकै स्वर्गीय दुल्लप सापकोटाका छोरानातीहरु खर्याना साहूका बाह्रभाई परिवारले २० लाख २१ हजार एक सय ५१ रुपैंया सहयोग गरेको छ ।

विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्धेश्य सहित रजत जयन्ती महोत्सव एवं धनधान्याचल ज्ञान महायज्ञमा यतिबेला सहयोगी मनहरुको लहर बढ्दै जान थालेको छ ।

विद्यालयको रजत महोत्सवको अवशर पारेर सञ्चालन गरिएको धनधान्यान्चल महायज्ञको दोश्रो दिनसम्म आई पुग्दा डेढ करोड दान रकम संकलन भैसकेको छ । स्वदेश तथा विदेशमा रहेका विभिन्न मनकारी व्यक्तिहरुवाट स्वतस्र्फुुत रुपमा उक्त रकम संकलन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् मूल समारोह समिति संयोजक यदुलाल सापकोटाले बताए ।

मुसिकोट नगरपालिका–९ अर्लाङ्कोट पाँणथोकमा विद्यालय स्थापनाको २५ औँ वर्ष पुरा गरेको अवसरमा विद्यालयले धनधान्याचल ज्ञान महायज्ञको आयोजना गरेको हो । महायज्ञको १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज र १००८ स्वामी विवेकानन्द सरस्वती महाराजले मंगलबार शुभारम्भ गरेका हुन । विद्यालयले एकातिर विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने र अर्को माध्यमिक तहसम्म अध्ययनका लागि तीन करोड भन्दा बढी रकम संकलन गर्ने लक्ष्यका साथ धनधान्यान्चल ज्ञान महायज्ञको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक यज्ञमुर्ति सापकोटाले बताए ।

कार्यक्रममा दैनिक रुपमा पुजा पाठ, कथा प्रवचन, भजन कृतन लगायतका कार्यक्रमहरु सञ्चालन गरिएको छ । फाल्गुण १६ गतेसम्म सञ्चालन हुने रजत महोत्सव एवम् धनधान्याचल महायज्ञमा अर्लाङ्कोटमा जन्मभई रोजगारी र व्यवसायको क्रममा स्वदेश तथा विदेशमा रहेका व्यक्ति, स्थानीय जनप्रतिनिधि विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा श्रद्धालुहरुको सहभागिता रहेको समितिका उप संयोजक प्रेम सापकोटाले बताएका छन ।

विद्यालयले राखेको उद्धेश्य पुरा गर्न विभिन्न व्यक्तिहरुले स्वतस्फुर्त रुपमा सहयोग गर्न थालेका छन । विद्यालयलाई सहयोग गर्न मन भएका तर हातमा धन नभएकाहरुले पनि आफ्नो घरमा भएको अन्न दान गरेर सहयोग गर्न थालेका छन । धनधान्याचल महायज्ञमा चन्दादाताहरुले मन फुकाएर गरेको सहयोगले सबैमा थप उत्साह थपिएको आर्थिक समिति सयोंजक विश्वनाथ सापकोटाले बताए ।

महायज्ञमा गुरुदेव १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज, १००८ स्वामी विवेकानन्द सरस्वती महाराज, चेतराज कँडेलको कथा वाचन एवम् पण्डित पूणर्भद्र गौतमको यज्ञाचार्यत्व रहेको छ । अर्लाङ्कोटका अधिकांस व्यक्तिहरुको कर्म थलो जापान, वेलायत लगायतका बिकसित मुलुकमा रहेका कारण महायज्ञ सोंचे भन्दा बढी उपलब्धी मूलक रहने मूल आयोजक समितिले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित