भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

बचतकर्ता भन्छन– ‘पहिले खुट्टा ढोग्दै आए,पैसा झिक्न जाँदा भिकारीलाई झैं गराए’

बुटवल । सिन्धुलीदेखि मजदुरी काम गर्नको लागि बुटवल आएकी बसन्ती लुङ्घेली मगर अचेल काममा होईन सहकारीको कार्यालय धाउन ब्यस्त छिन् । दैनिक मजदुरी गर्दै दुई छाक टोरेर भविष्यको लागि भन्दै बुटवल योगिकुटी स्थित शिव शिखर बहुउद्देश्यीय सहकारीमा दैनिक एक सय रुपैंया गर्दै ७० हजार जम्मा गरिन । तर आफ्नै जम्मा भएको पैसा झिक्न जाँदा विभिन्न बहाना गराउँदै पैसा फिर्ता नदिई सहकारीले फर्काउँदै आएको छ । मंगलबार सहकारीको कार्यालय पुग्दा काउण्टमा सुचना टाँस गरेर बन्द थियो ।

‘मलाई बैंकमा पैसा जम्मा हुन्छ भन्ने मात्र थाहा थियो । सहकारी हुन्छ र पैसा जम्मा हुन्छ भन्ने थाहा थिएन, सहकारीमा खाता खोल्नुस धेरै ब्याजदिन्छ भनेर आश्वासन पाए । श्रीमानले विदेशमा कमाएको पैसा र मजुरबाट पाएको पैसा बचत गरेको हुँ । अहिले पैसा चाहिर आफ्नै पैसा झिक्न आउँदा सहकारी बन्द छ , म कहाँ जाउ कसलाई भनु’ उनले भनिन् ।

सुख्खानगरका कृष्णध्वज खड्काको पनि गुनाशो उस्तै छ । पसलमा भएको आम्दानी र पेन्सनबाट आएको पैसा २ वर्षदेखि सहकारीमा बचत गर्दा ७ लाख रकम पुग्यो । तर अहिले पैसा लिन आउँदा सहकारी बन्द छ । बचत भएको पैसा झिक्नको लागि उनीसहकारी धाउन थालेको १ महिना भन्दा बढि भयो तर सहकारीले विभिन्न बहाना गर्दै पठाउन गरेको गुनाशो पोखे। ‘छोराछोरीको पैसा पनि जम्मा गरेको छु आज भोली दिन्छु भन्दा भन्दै एक महिना भन्दा बढि भयो तर पैसा आएन’ उनले भने ।

‘पहिले ग्राहक बनाउँदा खुट्टा ढोग्दै आयो , अहिले जरुरी काम परेर पैसा झिक्न आउँदा भिकारीलाई झैं गराउँछ’ उनले भने ।  बसन्ती र कृष्णध्वज मात्र होईन शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अधिकाशं बचतकर्ताहरु लाई आफ्नै पैसा झिक्नको लागि सकस परेको छ । सहकारीले करिब दुई महिनादेखि बचतकर्ताको रकम फिर्ता गर्न सकेको छैन ।

बुटवल देविनगरका ब्यापारी प्रदिप पोखरेले पनि उक्त सहकारीमा दैनिक ५ देखि १० हजारसम्म बचत गर्दै आएको थिए । उनले पैसा आवश्यक परेर सहकारीमा आउँदा विभिन्न बहाना बनाएर टार्दै आएको र अहिले सञ्चालक सम्पर्क विहिन भएको बताए ।

काठमान्डौंमा केन्द्रीय कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारीले बुटवलमा शाखा कार्यालय सञ्चालन गर्दै करिब २२ सय बचतकर्ताबाट करोडौं रकम संकलन गरेको छ ।

सहकारीले पैसा फिर्ता गर्न नसकेपछि अहिले सुचना नै टाँस गरेर बचत कर्ताहरु एकै पटक चल्ती खाता,मुद्धती र शेयरको रकम झिक्न आउँदा पुँजी ब्यवस्थापन हुन नसेकेको कारण देखाउँदै बुटवल कार्यालय केही दिनको लांिग काउण्टर बन्द गरिएको जानकारी गराईएको छ ।

सहकारी मर्च प्रक्रियामा रहेकाले फागुन २३ गतेसम्म पुँजी ब्यवस्थापन गर्नु पर्ने भएकाले आर्थिक कारोबार बन्द गरिएको सुचनामा उल्लेख गरिएको छ । यस्तै सहकारीका सञ्चालक समितिका तर्फबाट प्रतिबद्धता भन्दै पछिल्लो समय केही अनलाईन सञ्चार माध्यमबाट समाचार आएपछि धेरै सदस्यहरु एकैपटक आफ्नो बचत रकम फिर्ता गर्न काउन्टरमा आईरहँदा देशैभरिका शाखाहरुमा एकैपटक प्रेसर देखिएको र सहकारी ऐन बमोजिम तरलता पनि सकिएको बताउँदै बचतको ठुलो हिस्सा बजारमा लगानी गरेको र त्यो सबै सुरक्षित रहेको उल्लेख गरेको छ ।

तर मुलुकको अर्थतन्त्रमा सिर्जना भएको असहज अवस्थाले सबै लगानी सहज रुपमा उठ्न नसकेको उक्त सहकारीले जनाएको छ । सहकारीमा देखिएको समस्या सामाधानको लागि प्रयाश गरिरहेको र आर्थिक मन्दीका कारण केही समस्या आए पनि प्रचार गरिएजस्तो सहकारीमा समस्या नरहेको सञ्चालक समितिहरुले दाबी गरेका छन । सहकारीका अध्यक्ष शुशिल बानिया, उपाध्यक्ष भोजराज पौडेल लगायत सदस्यहरुले उक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेर कार्यालय बाहिर टांसेकाछन ।

शिव शिखर बहुउद्देश्यीय सहकारी मात्र होईन अन्य जिल्लाबाट शाखा कार्यालय सञ्चालन गरेका अन्य सहकारीले पनि बचतकर्ताको पैसा फिर्ता गर्न नसकेको गुनाशो आउने गरेको छ । सहकारीको मर्म अनुसार सञ्चालकहरुले सहकारी सञ्चालन नगर्दासमस्या देखा परेको रुपन्देही बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बसन्त ढकालले बताए ।

जिल्लामा स्थापना भएका सहकारी भन्दा पनि जिल्ला भन्दा बाहिरबाट शाखा कार्यालय खोलेर बचत सञ्चालन गर्दै आएको सहकारी बढि समस्या देखिएको उनको भनाई छ। अहिलेको आर्थिक मन्दिको प्रभाव र सहकारीले आफ्नो नीति भन्दा बाहिर जाँदा अहिले सहकारीमा समस्या परेको उनले बताए ।
रुपन्देहीमा करिब ६०० सहकारी रहेका छन । देश संघीय संरचनामा नहुँदा जिल्लामा डिभिजन कार्यालयहरुबाट सहकारीको अनुगमन र नियमन हुने गर्दा सहकारी अनुशासित हुने गरेको तर अहिले नियमनकारी निकायको अलमलले गर्दा पनि समस्या देखा परेको ढकालको भनाई छ ।
अहिले तीनै तहका सरकारलाई आ–आफ्नो क्षेत्राधिकार भित्र पर्ने सहकारीको अनुगमन तथा नियमन गर्ने अधिकार छ । तर ति अनुगमन नियमन प्रभावकारी हुन नसक्दा सहकारीमा विकृती देखा पर्न थालेको सरोकारवालाहरुको भनाई छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित