भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

किन उपयोग हुन सकेन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

भैरहवा । झन्डै ३१ अर्ब रुपैयाँ खर्चेर बनेको भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट सात महिनामात्रै अन्तर्राष्ट्रिय उडान भयो । हुस्सुलाई कारण देखाउँदै गत पुसदेखि बन्द अन्तर्राष्ट्रिय उडान फेरि कहिलेदेखि सञ्चालन हुने हो, टुंगो छैन न त सरकारले सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार नै यो विमानस्थलको उपयोग गर्न सकेको छ ।

एसियाली विकास बैंक र नागरिक उड्डयन प्राधिकरणले २०६१ सालदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययन सुरु गरेका थिए । यी दुई निकायको प्रतिवेदनलाई आधार मानेर सरकारले २०७१ सालदेखि विमानस्थल निर्माण कार्य सुरु गर्‍यो । विमानस्थललाई अन्तराष्ट्रिय बौद्ध सर्किटसँग जोड्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा प्रयोग गर्ने र बौद्धमार्गी बहुल देशबाट सीधा उडान भर्दै लुम्बिनीमा धार्मिक पर्यटक बढाउने परिकल्पनासहित आयोजना सुरु भएको हो । तर, प्रतिवेदनमा उल्लेख भएअनुसार कुनै पनि काम हुन सकेको छैन ।

यो विमानस्थलमा गत जेठ २ देखि जजिरा एयरवेजले पहिलो अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो । मध्यरातमा उडान गर्ने जजिराले मौसमको पूर्वानुमान तथ्यांक नपाउँदा उडान तालिका तय गर्न नपाएको विमानस्थल आयोजनाले जनाएको छ ।

मलेसिया चार्टर उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रु नपाएपछि उडान रोकेको छ । न त राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले नै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान भर्न तदारुकता देखाएको छ । उड्डयन प्राधिकरणले काठमाडौं विमानस्थलबाट दैनिक तीनभन्दा बढी उडान गर्ने वायुसेवा कम्पनीले चौथो उडान भैरहवा विमानस्थलबाट गर्नुपर्ने भनी ताकेता गर्दा पनि कार्यान्वयन नभएको विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताए ।

विभिन्न छुट दिए पनि भैरहवाबाट उडान गर्न वायुसेवा कम्पनीहरु अनिच्छुक देखिएका छन् । लुम्बिनी विश्वका २० मुलुकका करिब एक अर्ब बुद्ध अनुयायीको तीर्थस्थल हो । जीवनमा एकपटक लुम्बिनी पुग्ने धोको हरेक बौद्धमार्गीको हुन्छ । तर, सीधा हवाई सम्पर्क नहुँदा लम्बिनी आउन चाहने पर्यटकलाई काठमाडौं वा भारत हुँदै आउनुपर्ने बाध्यता छ । यो विमानस्थललाई दिगो रूपमा सञ्चालन गर्न सरकारले बौद्ध धर्मावलम्बी बढी भएका मुलुकमा सिधा उडानका लागि कूटनीतिक पहल गर्न आवश्यक छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित