लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

लुम्बिनीमा गुरुयोजना विपरीत काम : पर्यटन मन्त्रालयले बनायो छानबिन समिति

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले लुम्बिनी विकास कोषको गुरुयोजनाअनुसार काम भए नभएको बारे छानबिन गर्न अध्ययन समिति बनाएको छ।

मन्त्रालयका योजना महाशाखा प्रमुख राजेन्द्र कुमार केसीको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिए।

सचिव अधिकारीका अनुसार समितिमा पुरातत्व अधिकृत सुभद्रा भट्टराई, लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई र मन्त्रालयले तोक्ने एकजना डिभिजनल इन्जिनियर छन्।

“लुम्बिनी विकास कोषको गुरुयोजना अनुसार काम भएको छ वा छैन कि के समस्या छन्। किन समयमा काम भएन भन्ने बारेमा अध्ययन गर्न समिति गठन भएको हो”, सचिव अधिकारीले भने।

यो पनि – 

लुम्बिनीको गुरुयोजना आफूखुशी फेरियो

लुम्बिनी विकास कोष द्वारा गुरुयोजना विपरित बिहारहरूलाई जोड्नेगरी पहुंच मार्ग निर्माण गर्दै

लुम्बिनी विकास कोषका पदाधिकारी सहित मन्त्रालयमा भएको छलफल कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशमणि त्रिपाठीले कोषका तर्फबाट योजना प्रमुख सरोज भट्टराईको नाम सिफारिस गरेका थिए। तर, सचिव अधिकारी र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले छानबिन गर्नुपर्ने व्यक्ति नै समितिमा बस्न नमिल्ने बताउँदै भट्टराईको नाम अस्वीकार गरेका थिए।

यसअघि पनि अध्ययनका लागि समिति बनेका भएपनि कुनैपनि समितिले आफ्नो प्रतिवेदन बुझाएका छैनन्। “अध्ययन समिति बनेर लुम्बिनी पुग्छन्, अनि ती समितिलाई कोषका सदस्य सचिव र योजना प्रमुखले गोरखपुर घुमाउन लैजान्छन्। अनि प्रतिवेदन नै तयार गर्दैनन्”, विकास कोषका एक बोर्ड सदस्य भन्छन्, “यसपटक मन्त्रीज्यूले अलि कडै निर्देशन दिनुभएको छ। केही होलाजस्तो छ।”

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित