रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

अर्घाखाँची सिमेन्टको कोइला पिस्ने मेसिन विस्फोट

रुपन्देही । रुपन्देहीमा रहेको अर्घाखाँची सिमेन्टको कोइला पिस्ने मेसिन एक्कासि विस्फोट हुँदा ६ जना कामदार घाइते भएका छन् ।

घाइते हुनेमा १ जना नेपाली र ५ जना भारतीय कामदार छन् ।

उनीहरूमध्ये ४ जनाको अवस्था गम्भीर छ । कोइलाको चिम्नी फुटेका कारण आइतबार दिउँसोदेखि आगलागी भएको थियो। दमकलको प्रयोगले आगलागी आइतबार नै नियन्त्रणमा आएको बताइए पनि चिम्नी पुन विस्फोट भएको हो ।

उक्त घटनाबाट रुपन्देही मायादेवी गाउँपालिकाका वर्ष ३८ का अंगत हरिजन, भारत कानपुरका तेजेन्द्र उत्तम, विहारका शशीकान्त कुसाहा र श्रीराम सिंहको अवस्था गम्भीर रहेको रुपन्देही प्रहरीले जनाएको छ । घाइते मध्ये भारत विहारका राज किशोर यादव र भारत कै महाराजगन्ज जिल्लाका शिवलाल हरिजनको अवस्था सामान्य रहेको छ ।

प्राविधिक टोलीले चिम्नी फुटेको अवलोकन गर्न गएका बेला सोमबार दिउँसो २ बजेर ५० मिनेट जाँदा पुनः विस्फोट भएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । घाइतेहरूको युनिभर्सल कलेज अफ मेडिकल साइन्स र सिटी अस्पताल भैरहवामा उपचार भई रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित