बुटवलमा शंख बजाउने प्रशिक्षण सम्पन्न जाउपोखरा आधारभूत विद्यालयमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए                
समाचार :

तानसेन–रिडी सडक दिनहुँ १४ घण्टा बन्द हुँदा यात्रुलाई सास्ती, समयमा हेरफेर गर्ने तयारी

पाल्पा — सडक चौडा गर्न दिउँसोको समयमा दिनुहँ सडक बन्द हुँदा दैनिक सयौं यात्रुले समयमा गन्तव्य पुग्न सकेका छैनन् । पाल्पा–गुल्मी सडकखण्ड अन्तर्गत तानसे–रिडी सडक गत मंसिरको तेस्रो सातादेखि दैनिक १४ घण्टा बढी बन्द हुने गरेको छ ।

सडक चौडा गर्न सडक डिभिजन कार्यालयको समन्वयमा निर्माण व्यवसायीले सडक बन्द गरेर काम गरेको छ । तीव्र गतिमा काम नगर्दा दुई महिनादेखि सडकमा यात्रा गर्ने यात्रुले समयमा गन्तव्यमा पुग्न नसकेको गुनासो गरेका छन् । दैनिक कम्तीमा १४ घण्टा सडक बन्द हुँदा पाल्पा, गुल्मी, अर्घाखाँची, बाग्लुङसम्मका सवारी साधन र यात्रुले सास्ती बेहोर्नु परेको हो ।

‘समयमा पुग्न नसक्दा धेरै समस्या हुन्छ,’ बाग्लुङ अधिकारीचौरबाट बुटवल जाने यात्रु देवका अधिकारीले भनिन्, ‘एक महिना आउँदा पनि चार घण्टा सडकमै बस्नु परेको थियो । अहिले पनि उही अवस्था रहेछ । कहिले हो यो सडक बन्ने ?’

यस सडकखण्ड बन्द हुँदा सवारी साधन वैकल्पिक सडकको प्रयोग गर्न सडक डिभिजनले अनुरोध गरेको छ । तर जोर्ते, लुहुङ हुँदै तानसेनको बतासेडाँडाबाट आवतजावत गर्न समस्या छ ।

सडक डिभिजनले दुई वर्षअघि र यसैवर्ष लागेको ठेक्काको काम गराउन मंसिरको तेस्रो सातादेखि दैनिक १४ घण्टा बन्द गरेर काम गराएको छ ।
सडक डिभिजन प्रमुख प्रदीपमणी निरौलाले पाल्पा–गुल्मी सडक खण्डको मालमुल–जोर्ते–रिडी सडकखण्ड चौडा गर्ने कामको बन्द गर्ने समय पुनरावलोकन हुने बताए । उनले फागुन ९ गतेसम्म दैनिक १२ घण्टा बन्द गर्ने सूचना पठाए पनि जिल्ला प्रशासन कार्यालयको समन्वयमा समयमा हेरफेर हुने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित