रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

तानसेन–रिडी सडक दिनहुँ १४ घण्टा बन्द हुँदा यात्रुलाई सास्ती, समयमा हेरफेर गर्ने तयारी

पाल्पा — सडक चौडा गर्न दिउँसोको समयमा दिनुहँ सडक बन्द हुँदा दैनिक सयौं यात्रुले समयमा गन्तव्य पुग्न सकेका छैनन् । पाल्पा–गुल्मी सडकखण्ड अन्तर्गत तानसे–रिडी सडक गत मंसिरको तेस्रो सातादेखि दैनिक १४ घण्टा बढी बन्द हुने गरेको छ ।

सडक चौडा गर्न सडक डिभिजन कार्यालयको समन्वयमा निर्माण व्यवसायीले सडक बन्द गरेर काम गरेको छ । तीव्र गतिमा काम नगर्दा दुई महिनादेखि सडकमा यात्रा गर्ने यात्रुले समयमा गन्तव्यमा पुग्न नसकेको गुनासो गरेका छन् । दैनिक कम्तीमा १४ घण्टा सडक बन्द हुँदा पाल्पा, गुल्मी, अर्घाखाँची, बाग्लुङसम्मका सवारी साधन र यात्रुले सास्ती बेहोर्नु परेको हो ।

‘समयमा पुग्न नसक्दा धेरै समस्या हुन्छ,’ बाग्लुङ अधिकारीचौरबाट बुटवल जाने यात्रु देवका अधिकारीले भनिन्, ‘एक महिना आउँदा पनि चार घण्टा सडकमै बस्नु परेको थियो । अहिले पनि उही अवस्था रहेछ । कहिले हो यो सडक बन्ने ?’

यस सडकखण्ड बन्द हुँदा सवारी साधन वैकल्पिक सडकको प्रयोग गर्न सडक डिभिजनले अनुरोध गरेको छ । तर जोर्ते, लुहुङ हुँदै तानसेनको बतासेडाँडाबाट आवतजावत गर्न समस्या छ ।

सडक डिभिजनले दुई वर्षअघि र यसैवर्ष लागेको ठेक्काको काम गराउन मंसिरको तेस्रो सातादेखि दैनिक १४ घण्टा बन्द गरेर काम गराएको छ ।
सडक डिभिजन प्रमुख प्रदीपमणी निरौलाले पाल्पा–गुल्मी सडक खण्डको मालमुल–जोर्ते–रिडी सडकखण्ड चौडा गर्ने कामको बन्द गर्ने समय पुनरावलोकन हुने बताए । उनले फागुन ९ गतेसम्म दैनिक १२ घण्टा बन्द गर्ने सूचना पठाए पनि जिल्ला प्रशासन कार्यालयको समन्वयमा समयमा हेरफेर हुने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित