रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ?                
समाचार :

बुटवलको अक्सफोर्ड मा।वि मा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम (तस्वीरहरु)

बुटवल । बुटवल वडा नं. ८ मा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयले मंगलबार आधरभुत तहको पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख मित्रमणी खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका खनालले रुपन्देहीको शैक्षिक विकासमा अक्सफोर्डले पुराएको योगदान अतुलनिय रहेको भन्दै थप शैक्षिक प्रगतिको कामना गरे । उनले अक्सफोर्ड विद्यालयले विद्यार्थीहरुलाई प्रयोगगात्मक शिक्षामा जोड दिदै आएको भन्दै अब विद्यार्थीहरुलाई नैतिक शिक्षा पनि जरुरी रहेको बताए । विद्यार्थीहरुको क्षमता शिक्षकहरुले जान्नुपर्ने र शैक्षिक क्रियाकलाप संगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिनुपर्ने उनको भनाई थियो ।
विद्यालयका प्राचार्य दिनेश भुसालले विद्यालयले संस्कार सहितको शिक्षालाई प्राथमिकतामा राखेको बताए । उनले विद्यार्थीहरुको संख्या बढाउने प्रतिस्पर्धा आफुहरुले कहिल्यै नगरेको भन्दै आफ्नो प्रतिस्पर्धा शैक्षिकको गुणात्मक विकासका लागि भइरहेको बताए ।
उनले शिक्षकको मेहनत, अभिभावकको विश्वास र साथका कारण अक्सफोर्ड माध्यमिक विद्यालयले ईन्टरनेशनल स्कुल अवार्ड (आईएसए) प्राप्त गरेको उल्लेख गर्दै नैतिक र प्रयोगात्मक शिक्षा प्रदानका लागि बर्षेनी शिक्षकहरुलाई विभिन्न तालिमहरु समेत प्रदान गर्दै आएको बताए ।
कार्यक्रममा शैक्षिक सत्र ०७८ मा उत्कृष्ट भएका प्रि नर्सरी देखि कक्षा ३ सम्मका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । साथै विद्यार्थीहरुले विभिन्न जातजाती, धर्म, संस्कृति संग जोडिएर कला तथा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्याव्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, अभिभावक संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली लगाएतले बोलेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित