रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

हिसान रुपन्देहीको आयोजनामा गणित शिक्षकहरूको लागि शिक्षण सिकाई कार्यशाला शुरू

बुटवल । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) रूपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा गणित शिक्षकहरूको लागि शिक्षण सिकाई कार्यशाला शुरू भएको छ । दुई दिने कार्यशालाको लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले उद्घाटन गरे ।
सो अवसरमा बोल्दै मुख्यमन्त्री गिरीले शिक्षाको विकासमा संस्थागत विद्यालयहरूको ठूलो योगदान रहेको बताउँदै शिक्षामा भएको कमजोरी सुधार गर्न प्रदेश सरकारले योजना निर्माण गर्ने बताए । उनले नेपालका दक्ष जनशक्ति पलायन हुने क्रम बढेको बताउँदै यसलाई रोक्न सबै लाग्नुपर्ने खाँचो समेत औलाए । ‘उच्च शिक्षा पढने भनेर नेपालका दक्ष जनशक्ति विदेश पलायत भएका छन’ गिरीले भने, ‘मुलुकलाई स्थिरता दिन बौद्धिक जमातको आवश्यकता छ । मुलुक विकासको लागि दक्ष जनशक्तिलाई देशमा अडयाउन सबै लाग्नुपर्ने अहिलकोको टडकारो आवश्यकता हो ।’ कार्याशालाले गणित विषयको नतिजामा सुधार ल्याउन गिरीको भनाइ थियो ।


हिसानका केन्द्रीय निर्देशक रामचन्द्र आचार्यले गणित सबैको जीवनको अभिन्न अंग भएको बताउँदै यस्ता कार्यशालामार्फत गणित सरल तथा आवश्यक विषय भएको सन्देश समाजमा लैजानुपर्नेमा जोड दिए । एनप्याब्सनका केन्द्रीय सदस्य देउप्रकाश राईले गणितप्रति विद्यार्थीहरूको रूचि बढाउने र गणितलाई जीवनोपयोगी बनाउनुपर्ने बताए ।
गणित समाज लुम्बिनी प्रदेश अध्यक्ष गोपाल आचार्यले गणितलाई जीवन र जगतसँग जोडन आवश्यक रहेको बताए । हिसान रूपन्देहीका अध्यक्ष दिनेश भुसालले गणित विषयको प्रबद्र्धन र शिक्षकहरूको दक्षता वृद्धि गर्न हिसान विषयगत तालीममा केन्द्रित रहेको बताए । अध्यक्ष भुसालले गणितलाई सरलीकृत गर्न यस्ता कार्यशाला प्रभावकारी हुनेमा जोड दिए ।
प्याब्सनका केन्द्रीय सदस्य टिकाराम न्यौपानेले गणितप्रति विद्यार्थीको रूचि बढाउन आवश्यक रहेको बताए । कार्यशालामा हिसानमा आबद्ध ५४ विद्यालयका गणित शिक्षकहरू सहभागी छन् । कार्यशालामा गणित समाज लुम्बिनी प्रदेश अध्यक्ष गोपाल आचार्य, पुलचोक इन्जिनियरिङ कलेजका सहायक पाध्यापक डा. सन्तोष घिमिरे, पाटन मल्टिपल क्याम्पसका प्राध्यापक बेखारत्न डंगोलले कार्याशालाको सहजीकरण गर्ने हिसान रुपन्देहीका सचिव बाबुराम बञ्जाडेले जानकारी दिए । कार्यक्रमको सपोर्ट नेपाल गणित समाज लुम्बिनी प्रदेशले गरेको छ ।

 

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित