लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

माघ १५ भित्र नगरका सदस्यहरुको नविकरण जिल्ला कमिटीलाई बुझाउने एमाले बुटवल नगरको निर्णय

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बुटवल उपमहानगरपालिका सचिवालयको बिस्तारित बैठक बुधबार सम्पन्न भएको छ । बैठक एमाले पार्टी कार्यलय सुख्खानगरमा सम्पन्न भएको हो ।

नेकपा एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले यही माघ १३ गते भित्र सम्पुर्ण पार्टीका सदस्यहरुको नबिकरण सम्पन्न गरी नगर कमीटीमा पेश गर्ने र माघ १५ गते भित्र पार्टी जिल्ला कमिटीलाई बुझाउने निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै पोलिटब्युरो सदस्य न्यौपानेले पार्टीमा आवद्ध सदस्यहरुले आ आफनो जिम्मेवारीका साथ सदस्यता नविकरण गर्न अनुरोध गरे। न्यौपानेले कोही कसैको एक्लो प्रयासले मात्रै कुनै पनि ठाँउमा सफलता हासिल गर्न नसकिने बताउदै पार्टीमा आवद्ध सबै सदस्यहरु जुझारु हुन आवशयक रहेको बताए । पार्टी थप मजबुद हुदै गएको बताउदै आगामी दिनमा पनि एक ढिक्का भएर लाग्न न्यौपानेले अनुरोध गरे ।

यही माघ १५ गते भित्र नबिकरण नभएका सदस्यहरुको नबिकरण रोकिने भएकाले समयमै नबिकरण गर्न अनुरोध गरिएको नेकपा एमाले बुटवलनगर अध्यक्ष किसन ज्ञवालीले बताए ।

बैठकमा प्रदेश इन्चार्ज गोपाल राना ,जिल्ला इन्चार्ज ऋषिराम पाण्डे, जिल्ला सचिव यज्ञ गैहै्र ,लगायतले बोलेका थिए । बैठकको सञ्चालन पार्टीका नगर सचिव मेघराज भट्टराईले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित