३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

लुम्बिनीका नवनिर्वाचित सभामुख र उपसभामुखको शपथ आज

लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखको पद तथा गोपनियताको शपथ ग्रहण आज हुने भएको छ।

प्रदेश प्रमुख अमिक शेरचनले सभामुख तुलाराम घर्ती मगरलाई प्रदेश सभा नियमावली, २०७९ वमोजिम पद तथा गोपनियताका शपथ ग्रहण गराउने छन्।

प्रदेश प्रमुखको कार्यालय बुटवलमा दिउँसो एक बजे शपथ ग्रहण समारोह आयोजना गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए।

सभामुखको शपथग्रहण पश्चात् उपसभामुख मेनुका खाँड केसीको शपथ ग्रहण हुनेछ। प्रदेशसभा नियमावली, २०७९ बमोजिम प्रदेश प्रमुखको उपस्थितीमा सभामुख समक्ष उपसभामुखले शपथ लिनुपर्ने छ।

मंगलबार बसेको प्रदेशसभाको बैठकबाट संविधानको धारा १८२ बमोजिम सभामुख र उपसभामुख निर्वाचन प्रक्रियामार्फत निर्विरोध चयन गरिएको हो।

प्रदेशसभा नियमावलीमा सभामुखले आफ्नो कार्यभार सम्हाल्नुअघि प्रदेश प्रमुख समक्ष पद तथा गोपनियताको शपथ लिनुपर्ने उल्लेख छ।

साथै, उपसभामुखले आफ्नो कार्यभार सम्हाल्नुअघि प्रदेश प्रमुखको उपस्थितीमा सभामुख समक्ष पद तथा गोपनियताको शपथ लिनुपर्ने उल्लेख छ।

सभामुख र उपसभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्य डिल्लीराज भुसालले सभा सञ्चालन गरेका थिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित