लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

लुम्बिनीको सभामुखमा माओवादीका घर्ती र उपसभामुखमा राप्रपाकी खाँणले उम्मेदवारी दिने

लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखका लागि सत्तारुढ दलहरु नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच सहमति भएको छ ।

सहमतिअनुसार सभामुखमा नेकपा माओवादी केन्द्र र उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारी दिने सहमति भएको हो ।

सहमतिअनुसार आजै सभामुखका लागि माओवादी केन्द्रबाट पाल्पा २ (२) बाट प्रत्यक्ष निर्वाचित तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी समानुपातिक सांसद मेनुका खाँण केसीले उम्मेदवारी दर्ता गर्दैछन् ।

प्रदेश सभा सचिवालयले आज दिउँसो उम्मेदवारी दर्ता र भोलि निर्वाचन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरेको थियो ।

‘मुख्यमन्त्री एमालेले लिएको हुँदा सभामुखमा माओवादी केन्द्रले र उपसभामुखमा राप्रपाले उम्मेदवारी दिने सहमति भयो,’ सभामुखका उम्मेदवार माओवादी केन्द्रका सांसद तुलाराम घर्तीले भने, ‘तीन दलबीचको सहमतिअनुसार हामी नोमिनेसनका लागि दाङ जांदैछौं ।’

राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले पनि आफूहरुले उपसभामुख पाउने जानकारी दिए ।

८७ सदस्यीय प्रदेश सभामा सत्तारुढ गठबन्धनमा नेकपा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४/४, जसपा, जनमत रलोसपाका ३/३ र दुई स्वतन्त्र सांसदहरु रहेका छन् ।

प्रदेश सभामा २७ सांसद रहेको नेपाली कांग्रेस, एक/एक सांसद रहेका नेकपा एस र जनमोर्चा गरी २९ जना विपक्षमा छन् । प्रदेश सभाको अंक गणित अनुसार घर्ती र खाँण निर्वाचित हुने निश्चित छ ।

सत्तापक्षसँग स्पष्ट बहुमत भएकाले नेपाली कांग्रेसले उम्मेदारको टुंगो लगाउन सकेको छैन । नेपाली कांग्रेस प्रदेश सांसद वीरबहादुर रानाले उम्मेदवारी दिने या के गर्ने भन्नेबारे छलफल भइरहेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित