रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउन उच्च अदालतको आदेश स्क्रबटाइफसबाट पाल्पामा एक बालिकाको मृत्यु सिमलटारी–सौतामारे–मच्छी सडक निर्माणमा ढिलाइ भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल                
समाचार :

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मान गर्दा कसैले हीनताबोध गर्नुपर्दैन– लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीमा सरकारले दिएको सावर्जनिक बिदाका सम्बन्धमा सरकारलाई आभार प्रकट गरेका छन् ।

राष्ट्र निर्माताप्रति सम्मान गर्दा कसैले पनि हीनताबोध गर्न नहुने भन्दै लिङ्देनले पृथ्वीनारायण शाहप्रति सबैले गौरवबोध गर्नुपर्ने बताए ।

‘राष्ट्रनिर्माताप्रति सम्मान गर्दा कसैले हीनताबोध गर्नुपर्दैन । पृथ्वीनारायण शाह भएरै आज प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड हुनुभएको छ,’ प्रतिनिधिसभमा विश्वासको मतबारेको छलफलमा भाग लिँदै उनले भने, ‘त्यसैले कसैले हीनताबोध नगरौं । पृथ्वीनारायण शाहप्रति गौरवबोध गर्दा पछाडि पर्किएको हुँदैन । पृथ्वी जयन्ती र एकता दिवस कुनै दलको, होइन सबैको साझा हो ।’

अहिलेको सरकारमाथि नागरिकसँग जोडिएका धेरै आशा र सपनालाई पूरा गर्ने दायित्व रहेको भन्दै उनले अब विकास र समृद्धिबाहेक अर्को विकल्प नभएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित