निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

एभरेष्टमा विज्ञान तथा चित्रकला प्रदर्शनी सम्पन्न

बुटवल । बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङलिस माध्यमिक विद्यालयमा विज्ञान तथा चित्रकला प्रदर्शनी शनिबार सम्पन्न भएको छ ।
प्रदर्शनीमा कक्षा ४ देखि १० कक्षासम्मका विद्यार्थीहरुले बनाएका डेढ सयवटा विभिन्न प्रोजेक्टहरु प्रदर्शन गरिएको थियो ।
प्रतियोगितात्मक रुपमा विद्यालयले आयोजना गरेको विज्ञान प्रदर्शनीमा कक्षा ९ र १० बाट सोहन घिमिरेको समुह प्रथम, सुप्रिया थापाको समुह द्वितीय, सुमन वाग्लेको समुह तृतिय र स्पन्दन लम्सालको समुह चौथो भए । त्यसैगरी कक्षा ६,७ र ८ बाट बिहान न्यौपानेको समुह प्रथम, निर्जला शर्माको समुह द्वितीय, दृष्टि तिवारीको समुह तृतिय र रुसीन बिकको समुह चौथो बनेको हो ।
यस्तै कक्षा ४ र ५ बाट नियती पियाको समुह प्रथम, रिजन शाक्यको समुह द्वितीय, वंश थापाको समुह तृतिय र आरयक बेल्बासेको समुह चौथो बनेको निमावि तह संयोजक सरस्वती पाण्डेले जानकारी दिईन ।
विज्ञान प्रदर्शनी प्रतियोगितामा कक्षा ४ देखि ५ सम्मका विद्यार्थीले भोल्कानो, वाटर साईकल, माइक्रोस्कोप, कक्षा ६,७ र ८ का विद्यार्थीले ईलेक्ट्रिक साईकल, प्रोग्रामीङ्ग रोवोर्ट, स्मार्टसीटी, टेलिसकोप तथा कक्षा ९ र १० का विद्यार्थीले मोडेल बायो ग्यास, रकेट मोडल, अटोमेटिकल डष्टवीन, टर्निङ सेफ्टी रोड, लेजरलाईट सेक्युरेटी लगायतका डेढसय प्रोजेक्टहरु प्रदर्शन गरेको प्रदर्शनी संयोजक शिक्षक खेमबहादुर थापाले जानकारी दिए ।
प्रदर्शनीको उद्घाटन गर्दै विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले विद्यार्थीलाई अतिरिक्त कृयाकलापमा दक्ष बनाउनका साथै भविष्यमा सीपमुलक ब्यवहारिक शिक्षालाई जोड दिन प्रयोगात्मक शिक्षण सिकाइका लागि विद्यालयमा विज्ञान प्रदर्शनी राखिएको बताए । उनले विद्यार्थीलाई विज्ञान र आविश्कारका बस्तुहरुमा प्रत्यक्ष सहभागि बनाएर बौद्धिक ज्ञानको विकासका लागि प्रदर्शनी आयोजना गरिएको बताए ।
विज्ञान तथा चित्रकला प्रदर्शनीको अनुगमन गर्दै अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालय संचालक समिति सदस्य ठाकुर ज्ञवाली, विद्यालयका सहप्राचार्य भिमसेन गौतम, उपप्राचार्य उमेश रेग्मी, निर्णायक संयोजक शालिकराम भण्डारी, विशाल श्रेष्ठ लगायतले विद्यार्थीले बनाएका विज्ञान तथा चित्रकला प्रदर्शनीको अवलोकनसँगै प्रोत्साहन गरेका थिए । प्रदर्शनीमा विद्यार्थीहरुले विज्ञान, धर्म, पर्यावरण ईतिहास र विकास सम्वन्धि चित्रण गरिएका चित्रकलाहरुको प्रदर्शन गरिएको चित्रकला संयोजक बिशाल थापाले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित