रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

नेपालगञ्जमा लगाइयो ५५४ बालबालिकालाई दादुराविरुद्धको खोप

नेपालगञ्जका दुई वटा वडाका ५ सय ५४ जना बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको छ।

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दका अनुसार वडा नं. ५ मा २ सय ९५ र वडा नं. ७ मा २ सय ५९ जनालाई दादुराविरुद्धको खोप लगाइएको हो। वडा नं. ५ बाट दादुरा फैलिएपछि स्वास्थ्य कार्यालय बाँकेले त्यहीँबाट दादुराविरुद्धको खोप लगाउन सुरु गरेको छ।

स्वास्थ्य महाशाखा प्रमुख चन्दले संक्रमण देखिएका अरु वडाहरुमा पनि खोप लगाउँदै जाने जानकारी दिए।

नेपालगञ्जमा प्रत्येक महिनाको ६ देखि ११ गतेसम्ममा दादुराविरुद्धको खोप लगाउने गरिन्छ। अहिले संक्रमण देखिएका बालबालिकाले नियमित रुपमा सञ्चालन भएको खोप अभियानमा सहभागी नभएको पाइएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित