बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा मालिका गाउँपालिकाका २ जनाको मृत्यु इजलासमा बालकृष्ण खाणसँग गरिएका २४ सवाल-जवाफ सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन् सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो                
समाचार :

साढे २ अर्बको लगानीमा सिद्धार्थ ग्रुपको पाँचतारे होटल भैरहवामा सञ्चालनका लागि तयार

रुपन्देहीको भैरहवा क्षेत्रमा अर्को एउटा पाँच तारे होटल थपिने भएको छ।

साढे २ दशकदेखि देशका विभिन्न ठाउँमा तारेहोटल, रेष्टुरेन्ट, कटेज सञ्चालन गर्दै आएको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिलाटीले पाँचतारे ‘सिद्धार्थ इन्टरनेशनल होटल’ सञ्चालन गर्न लागेको हो।

रुपन्देहीको मायादेवी गाउँपालिका ८ अञ्चलपुरमा होटलको पूर्वाधार तयार भएको छ। यही माघ २३ गते गुपले आफ्नो व्यावसायिक यात्रा सुरु गरेको २५ वर्ष पुग्दै छ। स्थापना दिवसको अवसरमा सोही दिन होटलको ड्राइ ओपनिङ गर्न लागेको सिद्धार्थ बिजनेस गु्रप अफ हस्पिलाटिका क्षेत्रीय प्रबन्धक महेन्द्र न्यौपानेले बताए।

नयाँ वर्षसँगै वैशाख महिनाबाट औपचारिक रुपमा सेवा सुरु गर्ने सिद्धार्थ इन्टरनेशनल होटल प्रालिका निर्देशक समेत रहेका न्यौपानेको भनाइ छ।

‘माघ २३ गते ड्राइ ओपनिङ प्रचारप्रसारमा सुरु गर्छौँ। त्यसपछि हामीले विभिन्न विज्ञहरुलाई ल्याएर बसाउने, खाना खुवाउने गर्छौँ। उहाँहरुको सुझाव अनुसार केही सुधार तथा परिमार्जन गर्न हामी ९० दिनको समय राख्छौँ’, उनले भने, ‘यो अवधिमा समयमा स्टाफ तालिम, स्टाफ सेटिङ पनि भइसक्छ। वैशाखको नयाँवर्षबाट सेवा सुरु गर्छाैँ।’

साढे ३ बिघा क्षेत्रफलमा निर्माण भएको होटलमा पहिलो चरणमा ८५ कोठा रहनेछ। जसअनुसार एउटा प्रेसिडेन्ट सुइट रुम, २ वटा सुइट रुम, ८ वटा जुनियर सुइट रुम र बाँकी डिलक्स रुमहरु रहनेछन्।

दोस्रो चरणमा भने माग र आवश्यकताअनुसार १ सयदेखि १ सय ५० वटा कोठा थप हुने न्यौपानेले बताए।

८५ वटा कोठासँगै अहिले एउटा बिग क्यासिनो, २५ सय क्षमताको ब्यान्क्वेट हल, साढे ३ सय जना अट्ने सेमिनार हल, २० जनादेखि सय जनासम्म अट्ने केही हलहरु रहेका छन्।

होटल सिद्धार्थ इन्टरनेशनल २ अर्ब ५० करोडको लगानीमा निर्माण भएको निर्देशक न्यौपानेले जानकारी दिए।

माघमा होटल ड्राइ ओपनिङमा गइसके पनि पर्यटन विभागले सबै कुरा निरीक्षण गर्नेछ। त्यो आधारमा विभागले स्टार लेभलको मान्यता दिने गर्दछ। अरु पाँचतारे होटलभन्दा होटल सिद्धार्थ इन्टरनेशनल स्तरीय हुने न्यौपानेले बताए।

‘हामीले अन्तर्राष्ट्रिय मापदण्ड र अभ्यासलाई नै आधार मानेर पूर्वाधार तयार गरेका छौँ’, उनले भने, ‘पाँच तारे होटलमा बसिरहेको अन्तर्राष्ट्रिय पर्यटक आउँदा पनि उनीहरुमा कुनै कमी महसुस नहोस् भन्ने सोचाइले निर्माण गरिरहेका छौँ।’

रुपन्देहीको बुटवलमा सिद्धार्थ बिजनेस गु्रपको सिद्धार्थ कटेज सञ्चालनमा छ। कपिलवस्तुमा सिद्धार्थ ग्रिन रिसोर्ट सञ्चालनमा छ।

२५ वर्षअघि सिद्धार्थ बिजनेस गु्रपले कैलाली टीकापुरदेखि आफ्नो व्यावसायिक यात्रा सुरु गरेको हो। टीकापुरमा अहिले होटल सिद्धार्थ सञ्चालनमा छ।

नेपालगञ्ज, सुर्खेत र काठमाडौंको बौद्धमा सिद्धार्थ गु्रपको चारतारे होटल छ। त्यसबाहेक देशका विभिन्न स्थानमा स्तरिय होटल रेष्टुरेन्टहरु सञ्चानमा छन्।

साढे २ दशकको व्यावसायिक अनुभव, यसबीचमा ग्राहकहरुको प्रतिक्रिया लगायत विभिन्न पक्षलाई अध्ययन गरेर रुपन्देहीमा पाँचतारे होटलअघि बढाउन लागेको सिद्धार्थ बिजनेस गु्रप अफ हस्पिटालिटिका बोर्ड मेम्बर तथा क्षेत्रीय प्रबन्धक महेन्द्र न्यौपानेले बताए।

‘हामीसँग जोडिनुभएका ग्राहकहरुको अवस्था, उहाँहरुको प्रतिक्रिया लगायत विभिन्न पक्षलाई विश्लेषण गरेर रुपन्देहीमा ५ तारे अगाडि बढाउन सक्छौँ भन्ने रिपोर्टको आधारमा यो काम गरेका छौँ’, उनले भने, ‘साढे २ वर्षअघि हामीले निर्माण सुरु गरेका थियौँ। ५–६ महिना कोभिडले धकेलियो। अबचाहिँ हामी ड्राइ ओपनिङ गरेर सञ्चालनको प्रक्रियामा गएका छौँ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार