लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको कांग्रेस नेता खांणको दावी

बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणले नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको दाबी गरेका छन् ।
कांग्रेसकै सरकार गठनको चरणमा रहँदा अन्तराष्ट्रिय प्रभावले आफुहरुलाइ प्रतिकुलतामा पुराएको दाबी गरे ।
४६ औं राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा बुटवलमा शनिबार आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै नेता खाँणले पार्टीलाइ एउटा सुढृण र सक्षम राजनीतिक शक्तिमा कसरी रुपानन्तरण गर्ने दायित्व रहेको धारणा राखे ।
‘सरकारमा नहुदैमा आत्तिनु हुदैन,करेक्सन गर्नुपर्छ,नीति र सिद्धान्तमा केहि कमी छैन,रणनीतिगत हिसाबले कहाँनीर चुक्यौँ समीक्षा गर्न भने जरुरी छ’ उनने भने ।
नेपाली कांग्रेस राजनीतिक पार्टीको रुपमा मात्रै नभइ नेपालको एउटा लोकतान्त्रीक शक्तिको रुपमा यसको भूमिका रहेको उनको धारणा छ ।
उने ले भने ‘कांग्रेसले केन्द्र सरकार, प्रदेश सरकार , र स्थानीय सरकार संचालन गर्न कोशिष भने गर्ने, र सत्तामा जान पहुँच स्थापित गर्ने काम त जारी नै राख्छ नी ,सरकार, पार्टी दलहरुको स्वभाविक प्रकृया हुन् अहिले असहज र अन्यथा लिनु हुदैन। ’
कांग्रेस मूलभूत सिद्धान्त,नीति ,रणनीति ,दृष्टिकोणका साथमा सरकार संचालन गर्ने रणनीतिमा लागि नैै रहने खाणको दाबी छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित