निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

वक्तृत्वकला प्रतियोगितामा आवर पीसल्याण्डका सन्देश प्रथम

बुटवल। शिक्षामा थप गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ गठीत बुटवलमा अवस्थित संस्थागत विद्यालयहरुको संगठन, बुटवल संस्थागत विद्यालय एशोशियसन (बिसा) ले आफ्नो मातहतमा रहेका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटित गर्ने हेतुले’ नेपाल आमाको चाहनाः स्वदेशमै रोजगारीको श्रृजना’ बिषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
अक्सफोर्ड माविको सभाहलमा सम्पन्न ९ वटा विद्यालयहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा आवर पीसल्याण्ड एकेडेमीका सन्देश भण्डारी प्रथम, इडन बोर्डिङ स्कूलका रितीका खनाल द्वितीय, अक्सफोर्ड मावि का टेरिसा भण्डारी तृतीय र साइनिङ्ग स्टार बो. स्कूलका रुवी अर्यालले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए । बुटवल बहुमुखी क्याम्पसका नेपाली विभागका उप–प्राध्यापक प्रदिप प्रसाद ज्ञवालीले निर्णायकको भूमिका निर्वाह गरेका थिए। हाल बिसामा १३ वटा विद्यालयहरु संलग्न छन् ।
एशोशियसनका अध्यक्ष कुलानन्द पाण्डेको अध्यक्षता, प्याब्सन, लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न सो प्रतियोगिताको संचालन सचिव मित्रहरि आचार्यले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित