कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

लुम्बिनीमा एमालेबाट मुख्यमन्त्री सम्भावना

लुम्बिनी प्रदेशमा एमालेबाट मुख्यमन्त्री हुने सम्भावना देखिएको छ। सत्ता गठबन्धन तयार नहुँदा प्रदेशमा संसदीय दलको नेता चयन भने अहिलेसम्म पनि भएको छैन। कुनै पनि दलले नेता चयन गरेका छैनन्। सबैभन्दा ठूलो दल एमालेमा संसदीय दलको नेता चयन, सरकार निर्माण विषयमा कुनै छलफल नै भएको छैन। ‘अब माथि (संघीय) सरकारमा गठबन्धन तयार भएकाले त्यहीअनुसार नै प्रदेशमा हुन्छ,’ एमाले सांसद एव पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले भने, ‘को नेता बन्ने, के गर्ने भन्ने विषयमा छलफल हुँदैछ।’

एमालेले मुख्यमन्त्री पाए रुपन्देहीका सांसद लिला गिरी चयन हुने सम्भावना छ। उनी पार्टीभित्र अन्यभन्दा वरिष्ठ छन्। यद्यपि, नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र एमाले महासचिव शंकर पोखरेलको चासोमा संसदीय दलको नेता को बन्ने परेकाले केन्द्रबाटै यसको निक्र्यौल हुनेछ। पहिलो कार्यकालमा एमालेले मुख्यमन्त्री र माओवादीले सभामुख पाएका थिए। माओवादीले मुख्यमन्त्री पाउँदा रोल्पाका सांसद जोखबहादुर महरा चयन हुने नेताहरूले बताएका छन्। सत्ता बाडँफाटमा दलको टुंगोपछि मात्रै व्यक्तिको चर्चा हुने नेताहरूले बताएका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित