रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

लुम्बिनीको मुख्यमन्त्रीमा एमाले, माओवादी, नागरिक उन्मुक्तिको दाबी

रुपन्देही । केन्द्रमा फेरिएको सत्ता समीकरणसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले आन्तरिक तयारी थालेका छन् । केन्द्रमा नेतृत्वको सहमति भए पनि प्रदेश नेतृत्वको छिनोफानो नलागेका कारण यहाँ गठबन्धनमा रहेका तीन दलले मुख्यमन्त्री दाबी गरेका छन् ।

नेकपा एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्तिले यहाँको मुख्यमन्त्रीमा दाबी गरेका हुन् । ७ प्रदेशमध्ये यो भन्दा अघि केही ३ प्रदेशमा एमालेले नेतृत्व लिने टुंगो लगाइसकेकाले यहाँ उसले नेतृत्व पाउने सम्भावना भने कम रहेपनि ठूलो दलका हिसाबले पाउनुपर्ने दाबी गरिरहेको छ ।

आइतबार भएको गठबन्धन अनुसार एमाले–माओवादी समीकरणको सरकार बनाउन सहज हुने भए पनि नेतृत्व कसको हुने भन्ने टुंगो नलागेका कारण सबैले आफ्नो तयारी गरेका हुन् ।

८७ जना प्रदेश सभा सदस्य रहेको यो प्रदेशमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । अहिले केन्द्रमा रहेको गठबन्धनमा यहाँ भएका सांसदहरूको संख्या ५२ पुगेको छ ।

यसैगरी स्वतन्त्र रूपमा जितेका ३ जना पनि माओवादीबाटै विद्रोह गरेर जितेकाले उनीहरूको पनि भागबन्डा पुगेसम्म यही सरकारलाई नै समर्थन हुनेछ । ३ जनाले पनि सरकारलाई समर्थन गरेमा एमाले माओवादी समीकरणको नयाँ सरकार गठनका लागि ५५ जना सांसद पुग्नेछन् ।

प्रदेशमा एमाले सबैभन्दा ठूलो दल हो । उसका २९ सांसद छन् भने दोस्रो ठूलो दल नेपाली कांग्रेसका २७ सांसद छन् । माओवादी केन्द्रका ९, जनता समाजवादी पार्टीका ३ राप्रपा ४ नागरिक उन्मुक्ति ४ र जनमत पार्टीका ३ तथा स्वतन्त्र ३ जना छन् । नेकपा एस र जनमोर्चासँग एक एक सांसद छन् ।

केन्द्रको गठबन्धन प्रदेशमा नै रहने भए पनि कांग्रसले सरकार बनाउन असम्भव छ । कांग्रेससँग रहेका २७, लोसपाका ३, नेकपा एसका १ र जनमोर्चाका १ गरी ३२ सांसद मात्र साथमा रहनेछन् ।

नेकपा एमालेका प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले केन्द्रमा भएको गठबन्धन अनुसार नै प्रदेशमा समीकरण बन्ने र सोही अनुसारको सहमतिमा अगाडि बढ्ने बताए ।

‘यहाँको ठूलो दलको हिसाबले नेतृत्व स्वभाविकरुपमै हामीले पाउने कुरा रहन्छ तर केन्द्रबाट हुने सहमतिलाई त पालना गर्नैपर्यो नि’, उनले भने ‘अब तत्काल बैठक बसेर दलको नेता चयन गर्ने र गठबन्धनको तयारीमा लाग्ने छौं, पार्टीभित्र अहिलेसम्म ४ जनाले दलको नेता दाबी गर्नुभएको छ उहाँहरुभित्रैबाट चयन हुन्छ, केही दिनमै तर मिति तोकेका छैनौं ।’

नेकपा माओवादी केन्द्रका नेता तथा सांसद तुलाराम घर्ती वसन्तले केन्द्रमा भएको सहमति अनुसार नै नयाँ समीकरण बन्ने र यहाँको नेतृत्व माओवादीले दाबी गर्ने बताए । केन्द्रमा माओवादीले यो प्रदेश नेतृत्वको दाबी गरेको छ ।

त्यसैगरी केन्द्रमा सहमति जनाउँदा सुदूरपश्चिम र लुम्बिनीमध्ये एक सरकारको नेतृत्व दाबी गरेको नागरिक उन्मुक्तिले यो प्रदेशमा नेतृत्वको दाबी गरेको सो पार्टीका प्रवक्ता दामोदर पण्डितले बताएका छन् ।

लुम्बिनीमा ४ सांसद रहेको उन्मुक्तिले दाबी गरेपनि यहाँको नेतृत्व पाउने सम्भावना कम रहेको नयाँ गठबन्धनमा रहेका दलहरूको तर्क रहेको छ ।

लुम्बिनीमा एमालेबाट दलको नेतामा लीला गिरी, चेतनारायण आचार्य, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठले दाबी गरेका छन् । उनीहरू चारै जना यसअघि सांसद तथा गिरी,आचार्य र श्रेष्ठ पूर्वमन्त्री हुन् भने ढकाल पनि यसअघिका प्रमुख सचेतक हुन् ।

माओवादीबाट जोखबहादुर महरा दलको नेता हुने निश्चितजस्तै भए पनि अझै टुंगो भने लागेको छैन । रोल्पाबाट निर्वाचित भएका उनी पार्टीका सिनियर नेता भएकाले अरूले दाबी गरेका छैनन् ।

जम्मा ८७ सांसद

बहुमत पुर्याउन आवश्यक संख्या ४४

एमाले २९

माओवादी ९

नागरिक उन्मुक्ति ४

राप्रपा ४

जनमत ३

जसपा ३

स्वतन्त्र ३

यो समाचार नेपालप्रेसका लागि रुपन्देहीबाट रामप्रसाद आचार्यले लेखेका हुन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार