लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

स्वीभप्ट टेक्नोलोजीले बुटवलको प्राविधिक शिक्षामा सहकार्य गर्ने

बुटवल ।
हङ्गकङ्गमा केन्द्रीय कार्यालय रहेको स्वीभट् टेक्नोलोजीले रुपन्देहीको बुटवल उपमहानगरपालिकाका विद्यालयमहरु प्राविधिक धारमा विशेष काम गर्ने भएको छ । पछिल्लो समयमा प्राविधिक शिक्षा अनै अहिलेको आवश्यकता भैरहेको परिपेक्षमा स्वीभट् टेक्नोलोजी प्रालि लिमिटेड नेपालले सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत बुटवलका विभिन्न ३७वटा विद्यालयमा रहेका विपन्न, गरिब तथा अन्य विद्यार्थीहरुको लागि प्राविधिक शिक्षाका तालिम, सिप तथा प्राविधि प्रदान गर्ने भएको हो ।
बुटवलमा परियोजनाबारे जानकारी दिन आयोजीत कार्यक्रममा उक्त संस्थाका फाउण्डर सुवास शाहीले विद्यालय स्तरमा विद्यार्थीहरुले नै आफैले पढ्दै कमाउदै गर्न सक्ने गरी पाठ्यक्रम नै विकास गरी कार्यक्रम लागू गर्न गैरहेको जानकारी दिए ।
सफ्टवेर कम्पनीको रुपमा रहेको स्वीभप्ट टेक्नोजीले सन् २०१७ मा कम्पनी सुरुवात गरेको थियो । काठमाण्डौमा समेत यो सम्बन्धी काम सुरुवात भैसकेको परिपेक्षमा बुटवल र भैरहवमा समेत कार्यक्रम सुरुवात गर्ने तयारी गरिएको हो । सन् २०२२ सम्ममा १०० भन्दा पनि कर्मचारीहरुबाट काम सुरुवात गरेको यो कम्पनीले खासगरी सफट्वेर टेक्नोजीमा विद्यार्थीहरुलाई तालिम प्रदान गर्ने र त्यहि तालिममा सिकेको सिपबाट रोजगारी समेत प्रदान गर्ने योजना बनाएको सफ्टवेयर ईन्जीनियर समेत रहेका संस्थाका फाउन्डर सुवास शाहीले जानकारी दिए । विद्यार्थीहरुको लागि डिजाईनीङ्ग तालिम, सिभिल टेक्नोलोजीको तालिम सहितका विभिन्न तालिम स्थानिय तहको सहकार्यका सञ्चालन गरिने योजना बनाइएको छ ।
स्थानीय तह संगको वृहत छलफल पछि मात्रै यो विषयमा एकिन गरी कार्यक्रम ल्याउन तयारी गरिएको फाउन्डर शाहीको भनाई रहेको छ । यसको लागि अवको ३ महिनामा कोर्स नै डिजाईन गरी सोही अनुसार निःशुल्क रुपमा विद्यार्थीहरुको लागि काम गर्ने योजना उनको रहेको हो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पुर्व मन्त्री तथा वर्तमान प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले प्राविधिक सिप, ज्ञान, दक्षता विना परिर्वतन संभव नभएको भन्दै विद्यालय स्तरमा घरमा नै बसेर काम गरी आय आय आर्जन गर्न सकिने प्रकृतिको तालिम आवश्यक रहेको बताए । विद्यार्थी दक्ष बनाउने, सिकेको सिपलाई देश तथा विदेशमा समेत प्रयोग गर्न सकिने गरी स्वीभप्ट कम्पीले सुरुवात गरेको अभियानमा आफुले सक्दो सहयोग गर्ने बताएका थिए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवलका सामुदायिक वा संस्थागत विद्यालयहरुले प्राविधिक धारमा समेत अगाडी बढिरहेको सन्र्दभमा यो कार्यक्रम अझ बढि प्रभावकारी हुने बताएका थिए । उपमहानगरापलिकाको शिक्षा तथा जनस्वाथ्य महाशाखा प्रमुख मित्रमणि खनालले शिक्षा क्षेत्रका विकासका लागि सहकार्य अगाडी बढाउने बताए । प्राविधिक शाखा प्रमुख अमृता पन्थीले प्रविधिको विकास विना समृद्धि परिकल्पना गर्न नसकीने भन्दै सोही अनुसार विभिन्न तहमा सहकार्य गरिने बताईन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित