लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

उजीरसिंह माविको ५९ औं वार्षिकउत्सव सम्पन्न

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर २ स्थित उजिरसिंह माध्यामिक विद्यालयको ५९ औं वार्षिकउत्सव तथा अभिभावक दिवस बिहीबार सम्पन्न भएको छ ।
विद्यालयको वार्षिकउत्सवको उद्घाटन गर्दै वडा अध्यक्ष सुनील शाक्यले उजीरसिंह इतिहास बोकेको सामुदायिक विद्यालयको भएको बताउँदै यसको संरक्षण र विकास गरी शैक्षिक गुणस्तर विकास गर्नुपर्ने बताए । शाक्यले विद्यालयको विकासको लागि पालिकाबाट सहयोग हुने बताए । विद्यालयका प्रधानाध्याप पदमराज ज्ञवालीले विद्यालयको भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तरमा गुणात्मक परिवर्तन आएको बताए । विद्यालयमा १ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयको विकासमा वडा र पालिकाबाट आवश्यक सहयोग गर्दै जाने विद्यालयका पूर्व शिक्षक तथा जनप्रतिनिधि गौतमलाल शाक्यले बताए ।

२०२० सालमा निशुल्क अनिवार्य प्राथमिक शिक्षा लागु हुंदा विद्यालय स्थापना भएको थियो । सोहीअनुुसार विद्यालय केन्द्र ५ अन्तर्गत थियो । प्राथमिक पाठाशालाकै रुपमा सञ्चालन भइरहेको विद्यालय २०२९ सालमा निमावि स्तरको स्वीकृति प्राप्त गरेपछि नेपालका ऐतिहासिक वीर योद्धा उजिर सिंह थापाको सम्झनामा यस विद्यालयको नाम उजिर सिंह नि.मा.वि. रहन गएको थियो ।
२०३८ सालदेखि मा.वि.स्तरका कक्षाहरु सञ्चालन हुंदै आईरहेकोे विद्यालयले वि.स. २०५२ सालमा मा.वि. स्तरको स्वीकृती प्राप्त ग¥यो र शैक्षिक सत्र २०७६ देखि कक्षा ११÷१२ संचालन सुरु गरेको यस विद्यालयमा हाल शिक्षा, मानविकी तथा व्यवस्थापनअन्तर्गत विभिन्न विषयहरुको पठनपाठन भईरहेको छ ।
अहिले यस विद्यालयले भौतिक तथा शैक्षिक गुणस्तरमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावकज्यूहरु शिक्षा प्रेमी समाजसेवी तथा शिक्षकको सहयोगमा व्यापक सुधार गरिरहेको सहयाक प्रअ बशुन्धरा भुसालले जानकारी दिइन । सो अवसवरमा शिक्षक अभिभावक संघका अध्यक्ष सुहा बहादुर नेपाली, शिक्षक ङनी गुङङ, भीमलाल न्यौपाने लगायतले बोलेका थिए । सो अवसरमा चन्दादाता, शिक्षक, विद्यार्थी, पूर्व शिक्षक, समाजसेवी विद्यालय व्यवस्थापन समितिका विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित