कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

एमालेको प्राथमिकतामा सरकार छैन : गोकर्ण विष्ट

नेकपा एमालेका सचिव गोकर्ण बिष्टले अहिले एमालेको प्राथमिकतामा सरकार नभएको बताएका छन् ।

आइतवार बिहान बुटवलमा पत्रकारसँग कुराकानी गर्दै गुल्मी निर्वाचन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद विष्टले मंसिर ४ गतेको चुनावको नतिजाले एमालेलाई प्रतिपक्षको भूमिका दिएको स्पष्ट पारे ।

आउँदो ५ वर्ष एमालेले सशक्त प्रतिपक्षको भूमिका खेल्ने विष्टले बताए तर अरु दलले सरकार बनाउन नसकेर बाध्यात्मक परिस्थिति आएमा संसदीय मूल्यमान्यता अनुसार नेतृत्वका लागि पहल गर्न पनि पछि नहट्ने स्पष्ट पारे ।

अरु दलले सरकार बनाउन नसकेर बाध्यात्मक अवस्था आएमा एमाले जिम्मेवारीबाट पन्छिन नसक्ने पनि विष्टले स्पष्ट पारेका छन् । ‘हामीलाई प्रतिपक्षमा बस्ने जनताको म्यान्डेट हो । त्यसैले सत्तामा बस्नका लागि अवान्छित गतिविधि गर्ने पक्षमा छैनौं, सरकार निर्माणका लागि एमालेलाई हतारो छैन तर बाध्यात्मक परिस्थिति आयो भने लोकतान्त्रिक मूल्यमान्यता अनुसार नेतृत्व लिन पहल पनि गर्छौं,’ विष्टले भने ।

निर्वाचनले वाम आन्दोलन, राष्ट्र र जनताको हितका लागि महत्त्वपूर्ण सन्देश दिएको उनले बताए । एमालेलाई कमजोर बनाउन चौतर्फी घेराबन्दी भए पनि जनताले एमालेलाई समानुपातिकमा पहिलो पार्टीको रूपमा अनुमोदन गरेको भन्दै मतदातालाई धन्यवाद दिए । वाम पार्टीको नामबाट राष्ट्रिय स्वाधिनताको हितविपरीत लाग्ने तथा दक्षिणपन्थीसँग गठबन्धन गर्नेहरूसँग गठबन्धन गरेर सरकार बनाउन आफूहरू नलाग्ने उनले बताए ।

चुनावबाट कसैको बहुमत नआएकाले आउँदो ५ वर्ष मुलुकमा अस्थिरता भइरहने र अर्थतन्त्र संकटमा पर्नसक्ने भन्दै एमालेले जिम्मेवार प्रतिपक्षको भूमिका खेल्ने उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित