लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

गुल्मी–सिर्सेनी समाज रूपन्देहीको आयोजनामा भएको रक्तदान कार्यक्रम ६८ यूनिट रगत संकलन

गुल्मी सिर्सेनी समाज रूपन्देही प्रथम वार्षिकोत्सवका अवसरमा बुटवलमा रक्तदान कार्यक्रम गरेको छ ।
विभिन्न सामाजिक कार्यक्रम गर्ने सिलसिलामा शनिबार बुटवलस्थित रक्त सन्चार सेवा केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न गरेको समाजले जनाएको छ ।
कार्यक्रममा समाजमा आवद्ध व्यक्तिबाट ६८ यूनिट रगत संकलन भएको रक्तदान कार्यक्रमका संयोजक आदर्श भट्टराईले बताए ।
समाजका अध्यक्ष भीष्म राज अर्यालको अध्यक्षतामा, रक्तसन्चार सेवा केन्द्रका अध्यक्ष कृष्ण चौहानको प्रमुख आतिथ्य भएको कार्यक्रमको सञ्चालन महेन्द्र अर्यालले गरेका थिए ।
सोही अवसरमा बाल्दै प्रमुख अतिथि चौहानले रगतको अभाव हुन नदिने केन्द्रले नियमित रक्तदान कार्यक्रम गरिरहेको बताउँदै रक्तदान गरेमा कमजोर भईन्छ भन्ने धारणालाई सवै मिलेर परिर्वतन गर्नुपर्ने बताए । अहिले पनि रक्तदान गर्न कतिपय अप्ठयारो मान्ने गरेकाले १८ बर्ष उमेर पुगेपछि कम्तिमा पनि आफ्नो जन्मदिन रक्तदान गरेर मनाउन सवैलाई आग्रह गरे ।
समाजका अध्यक्ष भिष्मराज अर्यालले समाजले सामाजिक उत्तरदायित्व अनुसार रक्तदान कार्यक्रमको आयोजना गरिएको र आगामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिने बताए ।
साथै उनले १५ पुसमा गुल्मीको मदाने ३ सिर्सेनिमा निःशूल्क स्वास्थ्य शिविर समेत आयोजना गर्न लागिएको र २३ पुसमा समाजले साधरणसभा गर्ने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित