निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

पुस ७ गते देखि बुटवलमा हुन लागेको औद्योगिक प्रदर्शनीको तयारी पूरा

बुटवल । बुटवलमा पुस ७ गते देखि हुन लागेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि,प्रविधि तथा पर्यटन महोत्सव– २०७९ को तयारी पुरा भएको छ । संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार भन्ने मूल नाराका साथ सुरु हुन लागेको महोत्सवको तयारी पुरा भएको आयोजक संस्था रुपन्देही उद्योग संघले पत्रकार सम्मेलन गरी जानाकारी दिएको छ ।


बुटवल मण्डपमा निर्माणाधिन आधुनिक प्रदर्शनी स्थलमा नयां व्यवस्थापन र संरचनामा पहिलो पटक हुन लागेको महोत्सव पुस १९ गते सम्म चल्नेछ । नेपाल उद्योग परिसंघ समेत आयोजना रहेको महोत्सवमा स्वदेशी उत्पादन, नयां प्रविधि, पर्यटन तथा कृषि उत्पादनको सहभागिताका लागि छुट्टाछुट्टै १० वटा पेभिलियनको व्यवस्था गरिएको छ । रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले महोत्सवमा स्वदेशी उद्योगका उत्पादन मात्रै प्रदर्शन गरिने र तिनको बजारीकरण गर्र्दै उपभोक्तामा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ भन्ने भावनाको विकास गराउने उद्देश्यका साथ महोत्सवको आयोजना गर्न लागिएको बताए ।
साथै उनले यस पटकको प्रदर्शनीमा नेपाल उद्योग परिसंघले थालेको मेकिङ नेपाल अभियानलाई प्राथमिकताका साथ अगाडि सारिएको बताए । महोत्सवमा स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न स्वदेशी उत्पादन मात्र समावेश गरिने आयोजकको दावी छ ।
प्रदर्शनीमा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायतका करिव ४५० स्टलहरु रहनेछन् । प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोक दोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त आधुनिक गायक गायिका, हास्य कलाकार, स्थानीय कलाकारहरुको प्रस्तुती, सांगितिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, कलेज स्तरीय अन्तर कलेज बक्तृत्वकला प्रतियोगिता, लोक भजन प्रतियोगिता, प्रदर्शनी आइडल रहने आयोजकले बताएको छ ।


महोत्सवलाई सम्पन्न गर्न अध्यक्ष पौडेलेको संयोजकत्वमा १०१ सदस्यीय मुल समिति, ५१ सदस्यीय विशेष सल्लाहाकार समिति, २५१ सदस्यीय सल्लाहकार समिति, निवर्तमान अध्यक्षको संयोजकत्वमा विशेष मूल्यांकन समिति, ३० वटा विभिन्न उपसमितिहरु गठन गरिएकोछ । महोत्सवमा करिव ७ लाख दर्शकले अवलोकन गर्ने र २५ करोडको कारोवार हुने अनुमान आयोजको छ । २०४५ सालमा पहिलो पटक र २०५३ सालदेखि निरन्तर औद्योगिक प्रदर्शनी संघले आयोजना गर्दै आइरहेको छ ।
भिडियो रुपन्देही फोल्डर भित्र बुटवल मेला फोल्डरमा छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित