भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

पार्टी फेरेर बनिन् लुम्बिनीकी मन्त्री सुमन शर्मा रायमाझी सांसद

लुम्बिनी प्रदेशकी मन्त्री सुमन शर्मा रायमाझी यसपालि पनि सांसद भएकी छन्।

जसपाकी उनी सिके राउत नेतृत्वको जनमत पार्टीबाट लुम्बिनी प्रदेश सदस्यका लागि समानुपातिक सूचीमा परेकी थिइन्।

जनमत पार्टीले लुम्बिनीमा प्रत्यक्षतर्फ एक सिट जितेको छ भने समानुपातिकतर्फ २ सिट जितेको छ। उक्त दुई सिटमा रायमाझी र गीता गुरूङलाई पठाउने निर्णय जनमत पार्टीको छ।

रुपन्देही क्षेत्र नम्बर ५ को प्रदेश सभा (ख) बाट जनमत पार्टीका चन्द्रकेश (सीके) गुप्ता प्रत्यक्षतर्फ जितेका थिए।

गत वैशाखमा भएको स्थानीय चुनावमा लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा पराजित भएका गुप्ताले लुम्बिनी प्रदेशसभा सदस्य जितेका हुन्।

समानुपातिक सूचीबाट प्रदेशसभा सदस्यमा सिफारिस भएकी रायमाझी यसअघि जसपाबाट प्रदेश सांसद थिइन्। उनी एमालेका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलका पालामा भौतिक पूर्वाधार विकास राज्य मन्त्री भएकी थिइन्।

साथै उनी माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका कुलप्रसाद केसी नेतृत्वको मन्त्रिपरिषदमा कृषी मन्त्री भएकी थिइन्।

उनी पार्टी निर्णयविपरीत पोखरेल नेतृत्वको सरकारमा गएकी थिइन्। तर पछि जसपाले कारबाही गर्ने भएपछि उनले राज्यमन्त्रीबाट राजीनामा दिएकी थिइन्।

माओवादीका केसीको नेतृत्वमा नयाँ सरकार बनेपछि रायमाझीलाई कृषि मन्त्री बनाइएको थियो। उनलाई जसपाले कारबाही गर्दै पार्टीबाट हटाएको थियो। पार्टी निर्णयविरूद्ध उनी सर्वोच्च अदालतमा गएकी थिइन्। उनको मुद्दा सर्वोच्चले तामेलीमा राखेको थियो।

उनी अहिले जनमत पार्टीबाट सांसद भएकी छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित