रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता भण्डारी मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’ रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट                
समाचार :

बुटवलमा प्रदेशस्तरीय स्वच्छ उर्जा अभियान कार्यक्रम: विद्युतीय उर्जाको विषयमा विद्यालय तहबाटै बुझाउनुपर्नेमा जोड

बुटवलमा शुक्रबार स्वच्छ उर्जा अभियान अन्तर्गतको कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय योजना आयोग र क्लिन कुकिङग एलाइन्सको आयोजनामा भएको लुम्बिनी प्रदेशस्तरीय कार्यक्रममा राष्टिय योजना आयोगका सुरेन्द्रलाल कणर्ले स्वच्छ उर्जा मानिएको विद्युतिय उर्जाको विषयमा विद्यालय तहबाटै बुझाउनुपर्ने बताए। उनले लोडसेडिङ्गको अन्त्य भई अब मुलुक बिद्युत निर्यात गर्ने अवस्थामा पुगेको बताउंदै विद्युत आपुर्तीमा सहज भएपछि अव ईलेक्टोनिक चुह्लो प्रयोगतर्फ राज्य र आम नागरिकको ध्यान पुग्नुपर्नेमा सरोकारवालाहरूले जोड दिनुपर्ने बताए ।
कार्यक्रममा नीति तथा उर्जा विज्ञ मोहनदास मानन्धरले कार्यक्रमको उद्धेश्य तथा आवश्यकताका विषयमा प्रकाश पारेका थिए भने नीति विज्ञ पुरुषेत्तमा घिमिरेले संघ र प्रदेश सरकारको निती तथा कार्यक्रम,वजेट योजना स्वच्छ उर्जा र विद्युतीयय चुह्लो सम्बन्धी ब्यवस्था बारेमा जानकारी दिए । उर्जा विज्ञ करुणा बज्राचार्यले विद्युतिय चुह्लो सम्वधि प्रस्तावित राष्टिय योजनाका विषयमा जानकारी गराएको कार्यक्रममा सरोकारवाला निकायहरूबीच छलफल भएको थियो । छलफलमा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांड, बुटवल उपमहानगर पालिकाका उपप्रमुख सावित्रा अर्याल,कानुन ब्यवसायि हेमा न्यौपाने,समुन्द्र जिसी,अधिबक्ता ईन्दिरा आचार्य,स्वास्थ्य क्षेत्रका ईन्द्र राई,पत्रकार दामोदर,विद्यार्थी भगवत अर्यालल लगायतले ईलेक्ट्रोनिक चुलोको प्रभाव र असरका बारेमा बुझाउन सामान्य आधारभुत स्तरसम्म सचेतनाका कार्यक्रम लैजाने र राज्यले विद्युत महशुलमा दिएको लक्षित वर्गले पाएको छुटलाई ध्यानमा राखेर ईलेक्ट्रोनिक चुलोतर्फ आकर्षित गर्नुपर्नेमा जोड दिएका थिए । ईलेक्ट्रोनिक चुलो लैंगिक मैत्री तथा अपाङ्गतामैत्री रहेको जानकारी गराइएको छलफलको सहजीकरण नीति विज्ञ पुरुषेत्तम घिमिरेले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित