निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

एभरेष्ट वादविवादको उपाधि नव ज्योतिका पाठकलाई

रुपन्देहीको बुटवलमा भएको एघारौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद प्रतियोगिताको उपाधि नव ज्योति मावि मणिग्रामले जितेको छ । रुपन्देही जिल्लाभरीका २७ सामुदायिक तथा संस्थागत विद्यालयका प्रतियोगि प्रतिस्प्रर्धी विद्यार्थीहरुलाई पछिपार्दै नव ज्योतिका विद्यार्थी जविक पाठकले उपाधि जितेका हुन् ।

उनले नगद १५ हजार सहित शिल्ड तथा प्रमाण पत्र प्राप्त गर्न सफल बने । ‘सामाजिक सञ्जालको प्रयोग ः नवीनतम ज्ञानको प्राप्ति वा समयको दुरुपयोग’ भन्ने शिर्षकमा भएको प्रतियोगितामा द्वितीय भएका लिटिल फ्लावर माविका विद्यार्थी समर्थ क्षेत्री फौदारले १० हजार नगद सहित शिल्ड तथा प्रमाणपत्र हात पारे ।

एभरेष्ट इङलिस माध्यमिक विद्यालय बुटवल सुख्खानगरले आयोजना गरेको उक्त प्रतियोगितामा क्यानन् मावि बुटवलका साहारा धिताल तृतिय र दीप बोर्डिङका कशिस पाठकले प्रोत्साहन पुरस्कार हात परेका हुन् । उनीहरुले क्रमश नगद ६ हजार, ३ हजार शिल्ड तथा प्रमाणपत्र प्राप्त परेको विद्यालयका सह प्राचार्य भिमसेन गौतमले जानकारी दिनुभयो ।

विद्यालय संचालक समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षता तथा राष्ट्रिय परिक्षा बोर्ड प्रदेश कार्यालयका प्रमुख रमाकान्त तिवारीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमामा बुटवल उपमहानगरपालिका वडानम्बर ८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनी, हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसाल, अभिभावक महासंघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, प्याब्सनका बुटवल नगर अध्यक्ष कुलानन्द पाण्डे, एन प्याब्सनका हुमनाथ ढुङ्गाना, राममणी क्याम्पसका क्याम्पस प्रमुख ताराप्रसाद पराजुली, विद्यालयका प्राचार्य कृष्ण न्यौपाने लगायतले विजयी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुहुँदै शैक्षिकसँगै अतिरिक्त कृयाकलापमा विद्यार्थीलाई नियमित सहभागि बनाउन आवश्यक रहेको बताउनुभयो ।

प्रतियोगितामा बरिष्ट साहित्यकार ऋषिराम भुसाल, डा. शंकर गैरे र हेमराज शर्माले निर्णायकको भुमिका निभाउनु भएको थियो । विद्यालयका शिक्षक माधव पौडेलको संचालनमा भएको कार्यक्रममा विद्यालयमा अध्ययन पुरा गरि शैक्षिक उत्कृष्टता हासिल गरेका एक सय एक जनालाई विद्यार्थीलाई विद्यालयले सम्मान तथा पुरस्कृत गरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित