लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

प्रधानमन्त्रीमा कांग्रेसको दाबी स्वाभाविक- रेखा शर्मा

बुटवल । दाङ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले कांग्रेसले प्रधानमन्त्री दाबी गर्नु स्वाभाविक रहेको प्रतिक्रिया दिएकी छन् । रिपोटर्स क्लब लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै शर्माले गठबन्धनको सरकार बनाउँदा ठुलो दलको हैसियतले नेपाली कांग्रेसको प्रधानमन्त्री दाबी स्वाभाविक रहेको बताएकी हुन् ।
उनले पार्टीबाट प्रधानमन्त्रीको लागि को आउने भन्ने निर्णय पार्टीको मात्रै भएको बताउँदै यसको विषयमा बाहिरबाट टिका टिप्पणी आवश्यक नरहेको बताइन् । उनले माओबादी केन्द्र पनि गठबन्धनको दोस्रो ठुलो दल भएको बताउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित छलफल गरेर प्रधानमन्त्री टुङ्गिने बताइन् । उनले माओवादी केन्द्रले गठबन्धनमा कुनै घात नगर्ने प्रक्रिया दिँदै माओवादीलाई विश्वास गर्न आग्रह गरिन् ।
पत्रकारहरूले गरेको सरकारमा शर्माको भूमिकाको विषयको जिज्ञासाको जवाफ दिँदै शर्माले पार्टीले जुनसुकै मन्त्री दिए पनि स्विकार्दै त्यसको जिम्मेवारी पुरा गर्न सक्षम रहेको दाबी गरिन् । गठबन्धनको सरकार रहेकोले अहिले नै यो मन्त्री भनी हाल्ने अवस्था नरहेको उनको तर्क छ । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई दाङबाट पराजित गर्नको लागि निकै मेहनत गठबन्धनका दलबाट समेत भएको बताउँदै गठबन्धन सफल भएको दाबी गरिन् ।
यता लुम्बिनी प्रदेशको राजधानी तोक्ने विषयमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वमा भएपनि माओवादीको समर्थन र अग्रसरताले सम्भव भएको बताइन् । उनले पोखरेलले राजधानी आफू र एमालेले लगेको श्रेय लिनु गलत भएको बताइन् ।
उनले राजनीतिक दलहरूले युवाहरूलाई पनि सम्मानजनक रूपमा अगाडि बढाउनुपर्ने सुझाव दिइन। उनले युवाहरूको जबरजस्ती हस्तक्षेप भन्दा पनि नयाँ भिजन र सोचका साथ अगाडि बढ्दा मुलुक सही मार्गमा जाने बताइन् ।
कार्यक्रम रिपोटर्स क्लब अध्यक्ष रामकुमार क्षत्रीको अध्यक्षतामा भएको थियो भने सञ्चालन तेजेन्द्र केसीले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित