दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

गुल्मी २– विष्ट, भुसाल र पन्थी विजयी

बुटवल । एकिकृत समाजबादीकी सचिव रामुकमारी झाक्रिलाई पराजित गर्दै गुल्मी–२ बाट एमालेका सचिव गोकर्ण बिष्ट विजयी भएका छन् । विष्टले २८ हजार ४८५ पाउँदा उनका निकटम प्रतिस्पर्धी झाक्रीले २६ हजार ४४१ मत प्राप्त गरिन् ।
गोकर्ण विष्ट पाँचौ पटक चुनावी प्रतिस्पर्धामा थिए । २०५६, २०६४, २०७०, २०७४ मा पनि उनी गुल्मी बाट उम्मेदवार थिए । उनी, २०६४ बाहेक सबै चुनावी प्रतिस्पर्धामा विजयी भएका भएका छन् । विष्टको यस पटकको जीत २०७० यताको लगातार तेस्रो जीत हो । त्यसैगरी गुल्मी क्षेत्र नं. २ का प्रदेश सभा तर्फका दुवै क्षेत्रमा एमाले विजयी भएको छ । बुधबार सम्पन्न भएको मतगणनामा गुल्मी २(१) मा एमालेका डिल्लीराज भुसाल विजयी भए भने गुल्मी २(२) मा एमालेकै दिनेश पन्थी विजयी भएका छन । भुसालले १४ हजार २८५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बन्नुभएका भुवन श्रेष्ठले १३ हजार २३६ मत प्राप्त गरे । यसैगरी २(२) मा दिनेश पन्थीले १३ हजार ९२९ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका बुद्धि जि.सीले १३ हजार ८१९ मत प्राप्त गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित