लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

गुल्मी २– विष्ट, भुसाल र पन्थी विजयी

बुटवल । एकिकृत समाजबादीकी सचिव रामुकमारी झाक्रिलाई पराजित गर्दै गुल्मी–२ बाट एमालेका सचिव गोकर्ण बिष्ट विजयी भएका छन् । विष्टले २८ हजार ४८५ पाउँदा उनका निकटम प्रतिस्पर्धी झाक्रीले २६ हजार ४४१ मत प्राप्त गरिन् ।
गोकर्ण विष्ट पाँचौ पटक चुनावी प्रतिस्पर्धामा थिए । २०५६, २०६४, २०७०, २०७४ मा पनि उनी गुल्मी बाट उम्मेदवार थिए । उनी, २०६४ बाहेक सबै चुनावी प्रतिस्पर्धामा विजयी भएका भएका छन् । विष्टको यस पटकको जीत २०७० यताको लगातार तेस्रो जीत हो । त्यसैगरी गुल्मी क्षेत्र नं. २ का प्रदेश सभा तर्फका दुवै क्षेत्रमा एमाले विजयी भएको छ । बुधबार सम्पन्न भएको मतगणनामा गुल्मी २(१) मा एमालेका डिल्लीराज भुसाल विजयी भए भने गुल्मी २(२) मा एमालेकै दिनेश पन्थी विजयी भएका छन । भुसालले १४ हजार २८५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बन्नुभएका भुवन श्रेष्ठले १३ हजार २३६ मत प्राप्त गरे । यसैगरी २(२) मा दिनेश पन्थीले १३ हजार ९२९ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका बुद्धि जि.सीले १३ हजार ८१९ मत प्राप्त गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित