कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

गुल्मी २ मा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित

रुपन्देही । गुल्मी २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्ट २०३४ मतान्तरका साथ विजयी भएका छन् । विष्टले २८४७६ मत ल्याउँदा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा एसकी सचिव रामकुमारी झाँक्री २६४४२ मा रोकिइन् ।

५६ सालदेखि यो क्षेत्रमा विष्ट निरन्तर निर्वाचन लड्दै आएका छन् । ५६ मा निर्वाचित उनी ६४ मा थोरै मतले पराजित भएका थिए । ७० र ७४ मा पनि गोकर्णले जितेका थिए ।

को हुन् विष्ट ?

गुल्मीको इस्मामा जन्मिएका विष्ट २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका हुन् । उनी गुल्मी अनेरास्ववियु अध्यक्ष हुँदै २०५६ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको अध्यक्ष बने ।

२०६५ मा एमालेको केन्द्रिय सदस्य भएका उनी २०७१ मा केन्द्रीय सचिव भए । हाल उनी एमालेकै सचिव रहेका छन् ।

विष्टले कानुन र व्यवस्थापनमा स्नातक गरेका छन् । विष्ट उर्जा र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसहित दुईपटक मन्त्री भइसकेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित