निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

दाङमा कस्ले कहाँबाट मतदान गरे ?

दाङ । दाङमा मतदान जारी छ ।

बिहान सात बजेदेखि मतदान भइ रहेको छ । मतदानमा उत्साह देखिएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्त तथा दाङ क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक गिरीले दंगीशरण गाउँपालिका वडा नं. ४ बैबाङस्थित राष्ट्रिय आधारभुत विद्यालयबाट मतदान गरेका छन् ।

उनले पहिलो मतदान गरेका हुन । त्यस्तै नेकपा एमालेकी प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार कोमल वलीले तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ कृष्ण मन्दिरस्थित मतदान केन्दल्रमा मतदान गरेकी छन् । मावि तुल्सीपुर सेन्टर मतदान केन्द्रबाट दाङ निर्वाचन क्षेत्र नं. ३ (क) का गठबन्धनबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार डिल्लीबहादुर चौधरीले मतदान गरेका छन् । त्यस्तै एमालेका प्रदेश सभा सदस्य पदका उम्मेदवार घनश्यम पाण्डेले मावि अश्वारा मतदान केन्द्रबाट मतदान गरेका छन् ।

दाङ निर्वाचन क्षेत्र नं. २ की गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार तथा माओबादी नेतृ रेखा शर्माले घोराही उपमहानगरपालिका वडा नं. १८ स्थित रझेना मतदान केन्द्रमा मतदान गरेकी छन् । त्यस्तै नेकपा एमाले महासचिव तथा दाङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार शंकर पोखरेलले तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बिजौरीस्थित जनताबिद्यापिठ मतदान केन्द्रबाट मतदान गरेका छन् ।

गठबन्धनबाट दाङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मन्त्री मेटमणि चौधरीले गढवा गाउँपालिकाको जनता माध्यमिक विद्यालय गढवामा रहेको बुथ नम्बर (ग) मा मतदान गरेका छन् । त्यस्तै पूर्व सभामुख कृष्णबहादुर महराले रोल्पा नगरपालिका १ स्थित तारा माध्यामिक विद्यालयबाट पहिलो मतदान गरेका छन् ।

मतदान पछी संक्षिप्त प्रतिक्रिया दिदै उनले दशकौं देखिको आन्दोलनको उपलब्धि स्वरूप जनताले प्राप्त गरेको जनताको संबिधानको रक्षक र भक्षक बिचको लडाईका रुपमा निर्वाचनलाई अथ्र्याए ।

संबिधान मास्न खोज्ने र देशलाई अस्थिरता तर्फ डोर्याउने प्रतिगामी शक्तिलाई जनताले चिनिसकेकाले प्रतिगामीलाई निर्वाचनबाट जनताले परास्त पार्ने र अग्रगामी शक्ति बाम(लोकतान्त्रिक गठबन्धनले निर्वाचनमा विजयी हासिल गर्ने उनले दाबी गरे । त्यस्तै माओबादी नेता तथा मन्त्री महेश्वर गहतराज (अथक) ले बाँके क्षेत्र नं. १ (२) अन्तर्गत कोहलपुरको पिपिरीस्थित मतदान केन्द्रबाट पहिलो मतदान गरेका छन् । उनी बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका उम्मेदवार हुन । त्यस्तै रुकुम पश्चिमको यमुना नन्द नमुना माध्यामिक बिधालय मुसिकोट नगरपालिका वडा नं. ५ सेरीगाउँस्थित मतदान केन्द्रबाट जनर्दन शर्माले मतदान गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित