दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

रुपन्देही ३ का प्रख्यात बन्जाडे भन्छन् : मेरो लोकप्रियता देखेर सत्ता गठबन्धनबाट दबाब आयो

बुटवल  । रुपन्देही क्षेत्र नंं ३ मा लौरो चुनाव चिन्ह लिएर सांसद उम्मेदवार रहेका प्रख्यात बन्जाडेले क्षेत्रका मतदाताले आफूप्रति देखाएको सद्भाव र मायाले निकै उत्साहित भएको बताएका छन् ।
पत्रकारहरुसंग कुरा गर्दै बन्जाडेले क्षेत्रका ३६ वटा वडामा घरदैलो र कोणसभा गर्न पुग्दा मतदाताले आफूलाई मत दिएर जिताउने आश्वासन दिएको हुंदा उत्साहित बनेको बताए ।
आफूले भ्रष्टाचार नियन्त्रण गर्न कडा कानून बनाई सुशासन कायम गर्ने,रोजगारमूलक शिक्षा,गुणस्तरीय स्वास्थ्य, कृषि, उद्यम र रोजगारीका विषयलाई प्राथमिकता दिएर प्रतिवद्धता सार्वजनिक गरेकाले मतदाताले रुचाएको बन्जाडेको भनाई छ ।
आफ्नो लोकप्रियता बढ्दै गएको देखेर सत्ता गठबन्धनका दलका कार्यकर्ताबाट कहिले उम्मेदवारी फिर्ता लिन दबाब दिने त कहिले लौरो अभियानले सत्ता गठबन्धनलाई समर्थन ग¥यो भनेर झुठो प्रचार गर्दै भ्रम छर्ने काम भएको बताए ।
क्षेत्र नंं ३ मा लौरो चिन्हको उम्मेदवार आफ्नो एमाले राप्रपा जसपा गठबन्धनका दीपक बोहरा र सत्ता गठबन्धनका बालकृष्ण खांणसंग त्रिपक्षीय प्रतिस्पर्धा रहेको बन्जाडेले दावी गरे ।
प्रहरी प्रशासनबाट सत्ताको दुरुपयोग गर्दै सत्ता इतरका दलका नेता कार्यकर्तामाथि अनावश्यक धरपडक र निगरानी बढाएको बन्जाडेको आरोप छ ।
सत्ता पक्षका उम्मेदवारहरु प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्म सबै मन्त्रीले राजीनामा दिएर उम्मेदवार बन्नुपर्ने अन्तर्राष्ट्रिय प्रचलन रहेपनि नेपालमा सत्ता र शक्तिको दुरुपयोग गरी मतदाता प्रभावित गर्न राजीनामा नदिइकनै उम्मेदवार हुने परिपाटी रहेकाले आफू निर्वाचित भएपछि यस्तो गर्न नपाउने कानून बनाउने बताए ।
कतिपय ग्रामीण क्षेत्रमा मतदाताले भोट माग्न जांदा कति रकम दिनुहुन्छ भनेर मोलमोलाई गर्ने गरेको पाइएकाले अरु दलका उम्मेदवारले पैसा बांड्ने गरेको हुनसक्ने उनले औंल्याए ।
नेपाली कांग्रेस पृष्ठभूमिको भएको र भैरहवा आसपासका थुप्रै संघसंस्थामा राम्रोसंग घुलमिल भएका कानुनका ज्ञाता समेत रहेका अधिवक्ता बन्जाडेको उम्मेदवारी खासगरी सत्ता गठबन्धनका लागि टाउको दुखाईको विषय बनेको राजनीतिक विश्लेषकहरुको टिप्पणी छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित