लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

विष्णु पौडेल र बालकृष्ण खांणको एउटै श्वर : राजधानी जबरजस्ती सार्न खोजे बाटैबाट खोसेर ल्याउछौ

लुम्बिनी प्रदेशको स्थायी राजधानी प्रदेश सभाको वहुमतले बुटवल फिर्ता ल्याउन सकिने भनी एमाले उपाध्यक्ष विष्णु पौडेलले दिएको अभिव्यक्तिलाई समर्थन र बल पुग्ने गरी गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनी प्रदेशको स्थायी राजधानी रुपन्देहीको बुटवलमै कायम रहने बताएका छन् ।

उनले स्थायी राजधानी तोकिएको क्षेत्र दाडङमा कुनै पुर्वाधार नभएको भन्दै बुटवल नै कायम गरिने बताए । बुटवलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री खाणले राजधानी तोक्ने अधिकार प्रदेश सभाको भएकाले त्यसलाई परिक्षण गर्ने र सच्चाउने काम पनि प्रदेशबाटै गर्न आग्रह गरे । ‘कुनै पूर्वाधार नभएको स्थानमा राजधानी लैजादा त्यहाको पूर्वाधार निर्माण, पानी, सिचाइ, सडक, भवन बनाउदा नेपाल सरकारको खरबौं रकम खर्च हुन्छ यतिधेरै सरकारको रकम खर्च गर्न सकिदैन । प्रदेशले त्यसलाई परिक्षण गरोस् । निर्णय सच्चाओस् ।’

गृहमन्त्री खाणले प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा बुटवलमा अस्थायी राजधानी स्थापना गरेको स्मरण गरे । उनले भौतिक पूर्वाधार विकास, केन्द्र र हवाइ संजालको सुगमताका कारण राजधानी बुटवलमा राख्नेमात्र होइन सेनाको प्रदेश मुख्यालय पनि स्थापना गरेको बताउदै पूर्वाधार नै नभएको स्थानमा लगेको राजधानीबारे पुर्नविचार हुने दाबी गरे ।

गृहमन्त्री खाणले प्रदेश सरकारले हतारिएर चुनावको मुखमा यहाका सामान लोड लगेर दाङ लैजान हतार गरेको भन्दै सहमती विना राजधानी सारिए बाटोबाटै फर्काउने चेतावनी दिए । ‘रुपन्देहीका जनतालाई थाह नदिइ कसैले राजधानी सार्छ भने बाटैबाट त्यो राजधानी सारेर फिर्ता ल्याइने छ ’ उनले भने ।
यसअघि गत शुक्रबार हिमालय टेलिभिजन र अनलाइखबरले रुपन्देहीको भलबारीमा शुक्रबार गरेको निर्वाचन विशेष कार्यक्रममा नेता पौडेललेनेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले यस्तो भनेका थिए – ‘रुपन्देहीको जनप्रतिनिधि र मतदाता भएकाले बुटवलमा राजधानी हुनुपर्छ भनेर आफ्नो विवेक र विश्लेषणका आधारमा भरपूर लडेपनि सफल हुन सकेन, राजधानीको निर्णय गर्ने अधिकार प्रदेश सभाको भएपनि यहांको मतदाता र जनप्रतिनधि भएकाले मौन रहन सकिन्नथ्यो त्यसैले बुटवल हुनुपर्छ भनेर भरपूर लडाई लडेको हो तर कहिलेकांही के हुंदो रहेछ भने कहिलेकांही न्यायको लडाईमा सफलता प्राप्त हुंदो रहेनछ,तर रुपन्देहीबाट दाङ सरेको छ यो कुनै ढुंगाको अक्षर हैन,यो कुनै अर्को प्रदेश सभाले चकले लेखेको अक्षरलाई डस्टरले मेट्न सक्छ यो प्रदेश सभाको कुनै अन्तिम र अपरिवर्तनीय विषय हैन,संविधान त परिवर्तन गर्न सक्छौं ।’
पौडेलको उक्त भनाईमा नेपाली कांग्रेसका केन्द्रीय सदस्इ बालकृष्ण खांणले पनि त्यही कार्यक्रममा समर्थन जनाउंदै राजधानी फिर्ता ल्याउन सकिने धारणा राखेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित