रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता भण्डारी मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’ रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट                
समाचार :

एभरेष्ट माविमा नमुना निर्वाचन कार्यक्रम सम्पन्न

 

बुटवल । बुटवल सुख्खानगरमा अवस्थित एभरेष्ट इङलिस माध्यमिक विद्यालयमा बुधबार नमुना निर्वाचन कार्यक्रम गरिएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनको स्वरुपमै गरिएको नमुना निर्वाचन कार्यक्रममा प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवार खडा गरेर नमुना मतदान गरिएको हो । विद्यार्थीहरुलाई निर्वाचन प्रकृया तथा निर्वाचनका बारेमा जानकारी दिने उद्देश्यले गरिएको नमुना निर्वाचन कार्यक्रममा नाम टिपाएका पाँचसय विद्यार्थी मतदातामध्ये ९५ प्रतिशतले मतदान गरेको निर्वाचन अधिकृत मोहन पाण्डेयले जानकारी दिए ।

नमुना निर्वाचन कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर एक, दुई र तीनबाट क्रमश नेपाल स्वाभलम्बी पार्टीका शिवम गुरुङ्ग, मिलन रेश्मी मगर र स्पन्दन लम्साल विजयी भएको निर्वाचन अधिकृत पाण्डेयले बताउनुभयो । पाण्डेयका अनुसार गुरुङ ७० तथा मगर र लम्सालले ६५/६५ मत प्राप्त गरेका थिए ।

यस्तै समानुपातिकतर्फ नेपाल स्वावलम्बीकै सम्मान वाग्ले र निर्मल खड्का तथा सृजनशिल पार्टीका कृस्टल श्रेष्ठ विजयी भएका छन् । नमुना निर्वाचन मतदान कार्यक्रममा युवा शक्ति पार्टी, सृजनशिल पार्टी र युवा शक्ति पार्टीका नमुना प्रतिनिधी खडा गरेर कार्यक्रम गरिएको विद्यालयका सहायक प्राचार्य भिमसेन गौतमले जानकारी दिए । ६ वटा मतपेटीका स्थापना गरिएको नमुना निर्वाचन कार्यक्रममा शिक्षक राजिव वेल्वासे, बालकृष्ण भुसाल, माधवप्रसाद पौडेल, भुवनेश्वर भण्डारी र सरस्वती पाण्डेले मतदान अधिकृतको भुमिका निर्वाह गरेका थिए ।

कक्षा ८, ९ र १० का विद्यार्थीहरु सहभागि भएको नमुना निर्वाचन कार्यक्रममा प्रत्यक्षतर्फ नौ र समानुपातिकतर्फ नौ जना गरि १८ उम्मेदवार विभिन्न चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिएका थिए । मुलुकमा समय समयमा हुने स्थानीय, प्रदेश र संघीय निर्वाचनको प्रतिकृया, उम्मेदवार र मतदाताले प्रयोग गर्ने मताधिकार तथा मतदाता शिक्षाबारे जानकारी गराउने उद्देश्यले नमुना निर्वाचन कार्यक्रम आयोजना गरिएको विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले बताए ।

कार्यक्रममा महिला पुरुष लाईन, गोप्य मतदान, स्वस्तिक छाप लगाउने तरिका, नमुना मतपत्र, उम्मेदवार र मतको महत्वका बारेमा विद्यार्थीलाई प्रत्यक्ष रुपमै जानकारी गराइएको प्राचार्य न्यौपानेले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित