रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता भण्डारी मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’ रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट                
समाचार :

एमालेबाट जितेर कांग्रेस नेतालाई प्रम बनाउनेहरु कम्युनिष्ट होइनन्ः छविलाल

देवदह । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले एमालेको मतबाट विजयी भएर जनमतको अनाधर गर्दै अदालतमा गएर कांग्रेसको नेतालाई प्रधानमन्त्री बनाई पाउँ भनी विन्ति विसाउनेहरु अहिले खाँटी कम्युनिष्ट बनेको बताएका छन् ।

उनले आफ्नै दलको प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तर अहिले भने विधि र प्रक्रियाको कुरा गरेर नागरिकलाई छल गरिरहेको आरोप लगाए । उनले कम्युनिष्ट आन्दोलनलाई वीचमै छोडेर भाग्नेहरुले देशको विकास गर्छु भन्ने कुरा नागरिकलाई ढाँट्ने कामवाहेक केही नभएको आरोप लगाए ।

रुपन्देहीको देवदह नगरपालिका ५, मा नेकपा एमाले, राप्रपा र जसपाको संयुक्त घरदैलोको क्रममा भएको कोणसभामा बोल्दै उनले यस्तो बताएका हुन् । रुपन्देही क्षेत्र नम्वर १, प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका नेता विश्वकर्माले समृद्ध राष्ट्र निर्माणको लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको दावी गरे । उनले राष्ट्र र राष्ट्रियताको लागि मंसीर ४ पछि एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बहुमतको सरकार गठन हुने बताए ।

उनले रुपन्देहीको क्षेत्र नम्वर १, को विकासको लागि दीर्घकालीन योजना अगाडि सारेपनि गठबन्धन सरकारले बजेट कटौती गर्दा ओझेलमा परेको आरोप लगाए । नेता विश्वकर्माले एमाले सरकारले अगाडि सारेको स्वास्थ्य बिमा कार्यक्रम गठबन्धन सरकारले वेवास्ता गर्दा प्रभावकारी हुन नसकेको बताए ।

मंसीर ४ पछि एमालेको नेतृत्वमा सरकार गठन भएपछि सामाजिक सुरक्षा भत्ता ५ हजार पुराउने, नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै एक पालिका, एक अस्पतालको अवधारणालाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता गरेका छन् । उनले एमालेको नेतृत्वमा बन्ने सरकारले मात्र सुकुम्वासी तथा अव्यवस्थित बसोवासको समस्या समाधान गर्ने र रोहिणी नदीलाई राष्ट्रिय योजनाको रुपमा अगाडि सारेर पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने योजना रहेको बताए ।

सोही अवसरमा बोल्दै क्षेत्र नम्वर १(१) प्रदेश सभा सदस्यका उम्मेदवार तथा राप्रपाका नेता आशिष चौधरीले यस क्षेत्रमा नेपाली काग्रेसले धेरै बर्ष जितेपनि केही विकास गर्न नसकेको बताए । उनले राष्ट्र र राष्ट्रियता बचाउनको लागि नेकपा एमाले, राप्रपा र जसपाबीच चुनावी तालमेल गरेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित